एन्फा राष्ट्रिय लिग : एपीएफ विजयी

हिमाल प्रेस ११ माघ २०८२ १७:१०
8
SHARES
एन्फा राष्ट्रिय लिग : एपीएफ विजयी

काठमाडौँ- काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा एपीएफले संकटालाई २-१ गोल अन्तरले पराजित गरेको हो।

एपीएफको जितमा प्रदिप लामाले खेलको २९ औं मिनेट र युवराज खड्काले खेलको ५१ औं मिनेटमा गोल गरेका थिए भने संकटाका तर्फबाट गणेश हमालले खेलको ८१ औं मिनेटमा सान्त्वना गोल गरेका थिए। लगातारको जितसँगै एपीएफको ९ अंक भएको छ भने संकटाको ५ अंक रहेको छ।

त्यस्तै आइतबार नै भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गर्दै न्युरोड टिम (एनआरटी)ले लगातार तेस्रो जित हात पारेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो।

एनआरटीको जितमा एक मात्र निर्णायक गोल आशिष गुरुङले खेलको ६७ औं मिनेटमा गरेका थिए। लगातारको जितसँगै एनआरटीले चार खेलबाट ९ अंक पुर्‍याएको छ भने समान खेल खेलेको फ्रेन्ड्सको ४ अंक रहेको छ।

प्रकाशित: ११ माघ २०८२ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast