‘भाइरल गोर्खे’ को प्रिमियरमा कलाकारले भने : फिल्म मनोरञ्जनसँगै सन्देशमूलक बनेकाे छ

हिमाल प्रेस ३० पुष २०८२ ११:१२
10
SHARES
‘भाइरल गोर्खे’ को प्रिमियरमा कलाकारले भने : फिल्म मनोरञ्जनसँगै सन्देशमूलक बनेकाे छ

काठमाडौँ- माघ १ गते अर्थात् भोलिदेखि प्रदर्शन हुने फिल्म ‘भाइरल गोर्खे’ को मंगलबार साँझ प्रिमियर साे गरिएको छ। न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठसहित पूजा शर्मा, प्रमाेद अग्रहरि, सिसन बानियाँ, जयकिशन बस्नेतलगायत सेलिब्रेटी तथा पत्रकारको उपस्थिति थियो।

प्रिमियरमा सृष्टि नेवारी पोशाकमा पुग्दा सौगात नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा उपस्थित भएका थिए। जहाँ फिल्मका निर्देशक निगम श्रेष्ठ, निर्माताहरू अमित श्रेष्ठ, महेश लामिछाने र सह-निर्माता शुभेच्छा पौडेल पनि थिए।

फिल्म हेरेपछि अधिकांशले निर्देशक निगम निर्देशकीय पाटोसहित अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको अभिनयको प्रशंसा गरे। ‘भाइरल गोर्खे’ एक सुन्दर फिल्म बनेकाले भन्दै उनीहरूले सामाजिक सञ्जालमा भाइरल हुन खोज्ने प्रवृत्तिलाई व्यंग्य गर्ने शैली मन परेको बताए।

अभिनेत्री पूजा शर्माले ‘भाइरल गोर्खे’ मनोरञ्जनसहित सन्देशमूलक बनेको प्रतिक्रिया दिइन्। टिजरआएदेखि नै फिल्म हेर्ने इच्छा रहेको बताइन्।

चर्चित भ्लगर तथा मोडल सिसन बानियाँले पनि ‘भाइरल गोर्खे’ हेरेर आनन्द मिलेको बताए। उनले भने, ‘पछिल्लो समय नेपालमा भाइरल बन्ने ट्रेन्ड प्रचलनमा रहेकोले त्यसमाथि निर्देशक निगम श्रेष्ठले सुन्दर फिल्म निर्माण गर्नुभएको रहेछ। खुसी लाग्यो फिल्म हेरिरहँदा पर्दामा केही नयाँ देख्न पाएँ। जसले मनोरञ्जनसँगै सन्देश पनि दिएको छ।’

अभिनेता सौगात र अभिनेत्री सृष्टि उपस्थित सेलिब्रटीबाट मिलेको प्रतिक्रियाले मख्ख देखिन्थे। ‘हामीले यो फिल्मको लागि निकै मेहनत गरेका थियौँ। आज त्यो मेहनतको प्रतिफल सुन्दर निस्केको छ। खुशी लाग्छ। अब दर्शकको साथ र उत्कृष्ट प्रतिक्रियाको अपेक्षा छ। दर्शकप्रति आशावादी छौँ,’ उनीहरूले भने।

फिल्मको मंगलबारदेखि नै हलले टिकट बुकिङ खुल्लाइसकेको छ। एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको हो।

सौगात र सृष्टिसँगै फिल्ममा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, रवि भुजेल, मिस पवीलगायत कलाकारको अभिनय छ। अमर महर्जनको सिनेमाटोग्राफी रहेको फिल्म लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast