एलजी नेपालले गर्‍यो क्रिकेट विश्वकप अभियानका दोस्रो चरणका विजेताहरू

हिमाल प्रेस २८ पुष २०८२ १३:४५ | Monday, January 12, 2026
एलजी नेपालले गर्‍यो क्रिकेट विश्वकप अभियानका दोस्रो चरणका विजेताहरू

काठमाडौँ- एलजी नेपालले वानखेडे स्टेडियम, मुम्बईमा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्ने अवसर जित्ने टी २० विश्वकप अभियानको दोस्रो चरणका विजेताहरू घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई नेपालभरिका ग्राहकसँग जोड्ने उद्देश्यले आयोजना गरिएको थियो। फेब्रुअरी ७ देखि सुरु भएको दोस्रो चरणमा एलजी नेपालले चार भाग्यशाली विजेताहरू चयन गरेको छ।

विजेताहरूमा काठमाडौँ, चाबहिल निवासी धिरज बस्नेत, विराटनगर निवासी प्रमिला तिम्सिना, वालिङ्ग निवासी माधव न्यौपाने र प्युठान निवासी ग्यामुराम न्यौपाने छन्। उनीहरूले क्रमशः एसपाएर इलेक्ट्रोनिक्स कालिमाटीबाट टिभी खरिद, एलजी शोपि विराटनगरबाट रेफ्रिजेरेटर खरिद, डिके इलेक्ट्रोनिक्स सप्लायर्सबाट वाशिंग मेसिन खरिद र टेलिट्रोनिक्स इन्टरनेसनलबाट वाशिंग मेसिन खरिद गरेका थिए।

यस योजनाअन्तर्गत विजेताहरूले ४ रात ५ दिनको मुम्बई यात्रा सहित नेपालको खेल प्रत्यक्ष हेर्ने अवसर पाउने छन्। यस यात्रासँग सम्बन्धित सम्पूर्ण खर्च एलजी नेपालले व्यहोर्नेछ जसले विजेताहरूको अनुभव सहज र अविस्मरणीय बनाउनेछ।

ग्राहकहरूले एलजीको कुनै पनि समान खरिद गरेपछि SMS पठाएर यस योजनामा सहभागी हुन सक्छन्। SMS पठाउने तरीका Type: LG [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address Send to: 31003 रहेको छ।

यो योजना सीमित अवधिको लागि नेपालभर लागु भएकोले आजै नजिकको अधिकारिक बिक्रेताबाट एलजीको समान खरिद गरी SMS पठाउनुहोस्। अझै पनि जित्ने मौका बाँकी छ।

प्रकाशित: २८ पुष २०८२ १३:४५ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast