माटोका भाँडा बनाउने काममै रमाइरहेछन् गाजुरराम

हिमाल प्रेस ७ माघ २०७९ ११:५५ | Saturday, January 21, 2023
माटोका भाँडा बनाउने काममै रमाइरहेछन् गाजुरराम

दाङ- दाङको गढवा गाउँपालिका–३ पत्रेङगाका ७० वर्षीय गाजुरराम चौधरी मोटोका भाँडा बनाउने पेसामा अझै सक्रिय हुनुहुन्छ। माघ महिनाको कठ्यांग्रिदै ने जाडोको कुनै प्रवाह नगरी अहिले पनि उहाँको दैनिकी माटो मुछ्नेदेखि भाँडा बनाउनेमा बित्छ।

उनी विगत पाँच दशकदेखि सो पेसामा संलग्न छन्। गजुराम मात्र होइन उनका सातभाइ छोरा यही माटोको भाँडा बनाउने पेसा अपनाएर जीवनयापन गर्दै आइरहेका छन्। विदेश गएरभन्दा आफ्नै जन्मभूमिको माटोमा काम गर्दा राम्रो हुन्छ भनेर आफूले छोराहरुलाई यही पेसालाई निरन्तरता दिन सुझाव दिएको उनले बताए।

यही पेसाबाट परिवार पाल्न सकिने र आम्दानी हुने देखेर छोड्न पनि नसकेको उनले थपे। उनले भने, ‘जग्गा जमिन केही छैन, मेरो पनि छैन, बाबुबाजेको पनि थिएन, छोराको पनि छैन, तर यही माटोको भाँडा बेचेर धेरै पुस्ता बाँचिसक्यौँ।’

गाजुरामसहित छोरा, बुहारी घैँटा, भुर्की, ठेकी, गमला, खुर्तुके, पालालगायतका भाँडा बनाउन व्यस्त देखिन्छन्। महिनामा रु १० हजारदेखि १५ हजारसम्म भाँडा बेचेर आम्दानी गरिरहेको गाजुरामले सुनाए।

छोराहरुले भने माटाको भाँडा बनाएर अझै बढी आम्दानी गर्ने गरेको उनको भनाइ छ।
कुमाले गाउँ भनेर चिनिने पत्रेङ्गाका अगुवासमेत रहेका गाजुरामको परिवारले गाउँभरि सबैभन्दा धेरै भाँडा बनाउने गर्छन्।

सो गाउँमा अहिले करिब ३५ घर परिवार कुमाल छन्। सबैको पेसा माटोका भाँडा बनाएर बेच्नु हो। आधुनिकीकरणसँगै बजारमा प्लाष्टिक तथा अन्य भाँडाको प्रचलन बढेपछि माटाका भाँडा बिक्न केही कमी भएको उनको भनाइ छ।

प्रकाशित: ७ माघ २०७९ ११:५५ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast