पृथ्वी जयन्तीमा सहभागी हुन देउवालाई राप्रपा अध्यक्ष लिङ्देनको निम्तो

हिमाल प्रेस २३ पुष २०८२ १९:३० | Wednesday, January 7, 2026
16
SHARES
पृथ्वी जयन्तीमा सहभागी हुन देउवालाई राप्रपा अध्यक्ष लिङ्देनको निम्तो

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच बुधबार भेटवार्ता भएको छ।

राप्रपाद्वारा यही पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेका हुन्।

सभापति देउवाले कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

भेटका अवसरमा दुई पार्टीका अध्यक्षबीच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आवश्यक पूर्वाधार विकास गर्नुपर्ने विषयमा छलफल भएको उनले जानकारी दिए।

दुवै नेताबीच मुलुकको राजनीतिक स्थिरता, समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे छलफल भएको जनाइएको छ।

राप्रपाले सोही दिन भृकुटीमण्डपमा गर्ने कार्यक्रमका लागि विभिन्न पार्टी नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई निमन्त्रणा गरेको छ।

प्रकाशित: २३ पुष २०८२ १९:३० | Wednesday, January 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast