काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजारमा माघे सङ्क्रान्ति नजिकिँदै गर्दा तरुलको बिक्री बढ्न थालेको छ। सोमबार बजार पुगेका व्यापारीले बिक्रीका लागि मिलाएर राखिएको तरुलको थोक मूल्य प्रतिकेजी रु ५० माथि रहेको जानकारी दिएका छन्।
व्यापारीहरूका अनुसार माघे सङ्क्रान्तिमा परम्परागत रुपमा तरुलसँगै पिँडालु,सखरखण्डलगायत फलफूलको पनि उच्च माग रहने गर्दछ। यस वर्ष पनि यसप्रकारका फलफूलको बिक्रीमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।
बजारमा तरुलको गुणस्तर र रंग राम्रो भएकाले उपभोक्ताले बढी रुचाइरहेको व्यापारीहरूले बताएका छन्।




प्रकाशित: २१ पुष २०८२ १४:०२
प्रतिक्रिया



