डिएमएस मल्लको डेब्यु निर्देशनमा ‘बम बिहारी’ बन्ने, मुख्य भूमिकामा सुमन ज्योति र झरना

हिमाल प्रेस १८ पुष २०८२ १२:२८
12
SHARES
डिएमएस मल्लको डेब्यु निर्देशनमा ‘बम बिहारी’ बन्ने, मुख्य भूमिकामा सुमन ज्योति र झरना

काठमाडौँ- फिल्म ‘बम बिहारी’ बन्ने भएको छ। निर्माण टिमले गत बुधबारदेखि फिल्मको छायांकन गरिरहेका छन्।

फिल्म काठमाडौँ र नेपालगञ्जमा गरी एक महिना छायांकन गरिने टिमले जनाएको छ। फिल्म रामेश्वर हुमागाईंले छायांकन गरिरहेका छन्।

फिल्म डिएमएस मल्लको निर्देशन रहनेछ। उनको यो डेब्यु निर्देशकिय फिल्म हो। यसअघि उनी म्युजिक भिडियोको निर्देशन गरिरहेका थिए।

फिल्म पात्रको नामबाट राखिएको भन्दै उनले फिल्ममा भारतीय र नेपाली नागरिकको विवाहपछि जन्मिएको छोराको कथा समेटिएको बताए। ‘ बम बिहारी पात्रको नाम हो। फिल्मको कथा उनकै वरिपरि घुम्नेछ,’ उनले भने, ‘फिल्ममा नेपालकी आमा र भारतको बुबाको एक छोराको कथा छ।’

डेब्यु निर्देशककै कथा रहेको फिल्ममा उनले नै लगानी गरेका छन्। फिल्ममा सुरवीर पण्डित, सुमन ज्योति न्यौपाने (ल्यांग्री दादा), झरना रिसाल, ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुस्कर राउत, सम्राट क्षेत्रीलगायत कलाकारको अभिनय रहनेछ।

सुमन र झरना फिल्मका मुख्य पात्र हुन्। पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त कलाकार सुमन ज्योति न्यौपानेले फिल्ममा आफू नकारात्मक भूमिकामा देखिन लागेको खुलाए। उनले भने, ‘यो फिल्मको बम बिहारी हुँ अर्थात् टाइटल नै मेरो नाम हो। दर्शकले अहिलेसम्म नकारात्मक भूमिकामै मन पराइदिनुभएको छ। यसमा पनि आशा राखेको छु।’

अर्की मुख्य कलाकार झरना रिसालले सातवर्षपछि आफूले फिल्ममा काम गर्न लागेको जानकारी दिइन्। यसअघि उनले फिल्म ‘भूमि द ग्रेट लेडी’, ‘परिणाम’ र ‘कसलाई आफ्नो भन्नु’मा काम गरिसकेकी छन्। झरनाको यो चौथो फिल्म हो।।

प्रकाशित: १८ पुष २०८२ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast