काठमाडौँ- फिल्म ‘कुमारी’ को ‘डोको बुन्ने’ बोलको गीत सार्वजनिक गरिएको छ। गायक केहर सिंह लिम्बूको स्वर रहेको गीत सागर लामिछाने मगर र सुमन तामाङले लेखेका हुन्।
गीतमा सुमन तामाङ र केहर सिंह लिम्बूले नै संगीत भरका छन्। शिशिर खातीको कोरियोग्राफी रहेक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारीको प्रेमभाव प्रस्तुत गरिएको छ। गीतले नव युवाबीच मौलाएको प्रेम भावलाई सुन्दर ढंगले व्यक्त गरेको छ।
यसअघि फिल्ममा समावेश ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ बोलको दुई गीत सार्वजनिक भइसकेको छ। गीत दर्शकले रुचाएका छन्।
प्रेम कथामा आधारित फिल्म आगामी माघ २३ मा प्रदर्शन हुनेछ। फिल्मका निर्देशक दिनेश राउत हुन्।
यस्ताे छ गीत
प्रकाशित: १७ पुष २०८२ १५:४०
प्रतिक्रिया



