‘सेल्युलाइड’ प्रविधिमा बनेका फिल्म ‘डिजिटाइजेसन’ गर्न चलचित्र विकास बोर्डले गर्‍याे आवेदन आह्वान

हिमाल प्रेस १६ पुष २०८२ ११:२२ | Wednesday, December 31, 2025
‘सेल्युलाइड’ प्रविधिमा बनेका फिल्म ‘डिजिटाइजेसन’ गर्न चलचित्र विकास बोर्डले गर्‍याे आवेदन आह्वान

काठमाडौँ- ‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली फिल्मलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विकास बोर्डले प्रक्रिया अघि बढाएको छ। स्वदेशी फिल्मको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बोर्डले ‘डिजिटाइजेसन’का लागि इच्छुक निर्माता वा अधिकार प्राप्त व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो।

बोर्डले एक सूचना जारी गर्दै उक्त प्रक्रियामा सहभागी हुन चाहनेले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। बोर्डका अनुसार ‘डिजिटल’ स्वरूपमा रूपान्तरण भएपछि पुराना फिल्मको गुणस्तर सुधार हुनुका साथै ती फिल्मलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सहज हुनेछ।

यसअघि बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दुर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’, ‘शान्तिदीप’ लगायतका केही फिल्म ‘डिजिटाइजेसन’ गरिसकेको  छ। ती चलचित्रमा अङ्ग्रेजी भाषामा ‘सवटाइटल’ पनि राखिएका छन्।

बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी फिल्मको व्यावसायिक विवरण हरेक सोमबार सार्वजनिक गर्दै आएको छ।

प्रकाशित: १६ पुष २०८२ ११:२२ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast