…सुरुङ्गा देख्ने आँखा यहीं छन्। दृश्यहरू आँखाभरि छन्।
…सबैबाट कोशिस शुरू गरियो भने एक-न-एक दिन विलक्षण प्रतिभाको राजनेता समाजले जन्माउँछ।
…मेरो पेशाको आदर्श व्यक्तित्व भनेको गणेशराज शर्मा।
…महेन्द्र राजाको जस्तो राष्ट्रियता र विकासको दृष्टिकोण, बीपी कोइरालाको जस्तो राजनीतिक विचार, मदन भण्डारीको जस्तो मर्मस्पर्शी विश्लेषण र चामत्कारिक नेतृत्वक्षमता भएको पात्रको खोजी हुन थालेको छ।
वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीको संस्मरणात्मक पुस्तक ‘अन्तर्य’ मा माथि उल्लेख गरिएजस्ता उद्गार ठाउँ-ठाउँमा भेटिन्छन्। चारखण्डमा विभाजित ४००+ पृष्ठको पुस्तक पढिसक्दा पाठकले उहाँको व्यक्तित्व र विचार ठम्याएको अनुभव सहजै गर्नसक्छ। किनभने भाषा सरल छ अनि शैली सरस।
झापाको सुरुङ्गामा हुर्के-बढे-पढेको हो तापनि लेखक उप्रेतीको जन्म भने सुदूरपूर्वको जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको रहेछ। भन्नै परेन, ताप्लेजुङ चीन र भारत दुबैतिर सिमाना जोडिएको जिल्ला हो। र, ढुङ्गेसाँघु नै हो मदन भण्डारीको जन्मस्थल पनि। ‘जनताको बहुदलीय जनवाद’ का प्रणेता भनेर मदनलाई कम्युनिष्ट आन्दोलनका नेता, कार्यकर्ताले मात्र होइन सबै नेपालीले चिन्दछन्; मान्दछन्।
मदनको बारेमा लेखकले एउटा अध्याय नै छुट्याउनुभएको छ। र, उहाँ मदनको निधन सडक दुर्घटनामा भएको होइन भन्ने धारणा भएका नेपालीहरूमा पर्नुहुन्छ। भन्नुहुन्छः- ‘त्यो स्वाभाविक मृत्यु थिएन। त्यो ठूलो डिजाइनमा भएको हत्या थियो।’ काकताली भन्नुपर्यो, दासढुङ्गाको दुर्घटनाको पहिलो सूचना पाउँदा म गणेशराज शर्माको घर धोबीधारामा थिएँ। सूचना दिने व्यक्तिलाई म ‘रोइटर्स’ नामक अन्तर्राष्ट्रिय समाचार संस्थाको नेपाल-प्रतिनिधि भएको थाहा थियो; त्यसैले सहयोग गरेका हुन सक्छन्। मैले गणेशराजजीलाई दुःखद् खबर सुनाएँ, र त्यहाँबाट निस्कनुअघि उहाँको प्रतिक्रिया पनि जान्न चाहें। उहाँले धेरै थोक त भन्नु भएन, तर त्यो घटना अघि-पछि भैरहने जस्तो सडक दुर्घटना चाहिं हुन सक्तैन भन्नेमा दृढ देखिनुभयो।
अङ्ग्रेजी बोल्नेहरूको बाहुल्य भएका र विकसित कहलिने मुलुकमा भ्रष्टाचार र घूसखोरी नहुँदो हो त ‘करप्पसन’ (Corruption) भन्ने शब्द नै प्रचलनमा रहने थिएन। अन्तर मात्राको मात्र हो। ‘भैँसीलाई भैँसीको सिङ भारी,बाख्रालाई बाख्राकै…’भनेझैं।
किताबको पहिलो खण्डमा लेखक उप्रेतीका बाल्यकाल र छात्रजीवनका विविध पक्ष परेका छन् भने दोस्रो खण्डमा ‘राजनीतिक परिवेश’ सँग गाँसिएका प्रसङ्गहरू समावेश भएका छन्। राष्ट्रपतिसँगका सन्दर्भहरूको चर्चा गर्दा लेखकले प्रथम राष्ट्रपति रामवरण यादवसँग निकटको सम्बन्ध बनेको तर प्रथम महिला राष्ट्रपतिबाट भने आफू टाढिनु परेको अनुभव लिपिबद्ध गर्नुभएको छ। विगतमा आफैं आबद्ध रहेको दल (एमाले) को पृष्ठभूमि भएकोले मात्र होइन, विद्यादेवी भण्डारी संसदीय निर्वाचनमा उम्मेदवार हुँदादेखि प्रचार-प्रसारमा सहयोगी समेत हुनुभएको रहेछ लेखक उप्रेती। राम्रो चिनाजानी भएको व्यक्ति एक्कासि टाढिंदा लाग्ने आश्चर्य उहाँलाई पनि लागेछ।
‘शत्रुवत् व्यवहार’ कै जिकिर गर्नुभएको छ। यसमा सुवास नेम्बाङ र अग्नि खरेलहरूको भूमिका हुनुपर्छ भन्ने लेखकको अड्कल छ। कतिपय राष्ट्रिय महत्त्वका मामिलामा पनि नेम्बाङको भूमिका सकारात्मक नरहेको झलक पुस्तकका अन्य भागहरूमा भेटिन्छ। २०६३ साल जेठ ४ गतेको प्रतिनिधिसभा घोषणामा ‘धर्मनिरपेक्षता’ तिलस्मी ढङ्गले छिराइएको घटना जग-जाहेरै छ।
पुस्तकको तेस्रो खण्ड सर्वाधिक रोचक र महत्त्वपूर्ण अंश हो। ‘वकालत र न्यायपालिका’ शीर्षकको यस खण्डमा मुद्दा-मामिला निरुपणका प्रक्रिया र त्यससँग जोडिएका अन्य विषयहरूको विशद् वर्णन पाइन्छ। अदालती ढाँचामा रहेका भद्दा शैली र परम्पराको साथै न्यायाधीशको आसनमा बस्न पुगेका मानिसहरूको आनीबानीलगायतका कुराहरू नजिकबाट हेर्न मद्दत पुग्ने कथा, उप-कथाहरू सङ्कलित भएका छन्। वकिल समुदायकै सदस्यहरू पनि लेखक उप्रेतीको तिखो आलोचनाबाट उम्किन सक्ने अवस्था छैन।
‘घूस र न्यायाधीश’ शीर्षकमुनि ‘स्पीड मनी’ को उल्लेख छ जसको तात्पर्य न्यायसम्पादनमा खटिएका मानिसले अतिरिक्त आय भित्र्याउने चलन संसारैभरि छ भन्ने हो। अर्थात् न्यायपालिकामा घूसखोरीको समस्याबाट नेपालमा मात्र होइन, छर-छिमेकका देश र टाढा-टाढाका विदेश समेत मुक्त छैनन्। अङ्ग्रेजी बोल्नेहरूको बाहुल्य भएका र विकसित कहलिने मुलुकमा भ्रष्टाचार र घूसखोरी नहुँदो हो त ‘करप्पसन’ (Corruption) भन्ने शब्द नै प्रचलनमा रहने थिएन। अन्तर मात्राको मात्र हो। ‘भैँसीलाई भैँसीको सिङ भारी,बाख्रालाई बाख्राकै…’भनेझैँ। यस हरफको लेखकलाई ‘वकालतका प्रतिनिधि घटना’ मा समेटिएका सन्दर्भ र प्रसङ्गहरू नै पुस्तकको सबैभन्दा शिक्षाप्रद खण्ड लाग्यो। योग्यता र क्षमताले सह-सचिव पदमा पुगिसकेका, गणित र विज्ञानका एक उम्दा शिक्षकलाई एकाएक फूटपाथमा ओरालिएर बिचल्लीमा पारिएको घटना साह्रै मार्मिक छ। सुन्नेलाई त नरमाइलो लाग्छ भने भोग्नेलाई के के भयो होला ?
पुस्तकको यस पहिलो संस्करणमा लेखकले आफ्नो पारिवारिक जीवनको पाटोबारे पर्याप्त चर्चा गरिसकेको हुनाले अब अर्को संस्करणलाई वकालत विषयका केही पक्षहरू थप्दै तर केही छरितो बनाएर प्रकाशित गर्न सकेमा वकिलको पेशा अँगाल्ने क्रममा रहेका युवक-युवतीहरूका लागि त्यो उपयोगी ग्रन्थ हुनेछ। यो सुझाउप्रति लेखकको ध्यान जाने अपेक्षा गरौं।
मुख्य कुरो, आफ्नो भण्डारमा नपाइने वस्तु मात्र छिमेकी, इष्टमित्रबाट सर-सापट लिने हो। जग-जाहेर छ, नेपालमै प्रचलनमा रहेका भाषा-भाषिकामा नेपाली भाषालाई उपयोगी हुने अनेक शब्द र अभिव्यक्तिहरू छन्। तिनको खोज र प्रयोगलाई पहिलो प्राथमिकता दिनुको साटो हिन्दी, अङ्ग्रेजीतिर लहसिने बानी कानून व्यवसायी र सञ्चारकर्मीहरूले छोड्नु जाती होला।
पुस्तकको चौथो (अन्तिम) खण्डमा आत्मपरक निबन्धको कोटिमा राख्न सकिने २९ वटा सामग्री छन्। ‘मेरा कमजोरीहरू’ शीर्षकमा लेखकले आत्मसमीक्षा समेत गर्नुभएको छ। र, त्यस क्रममा आफ्नो सम्पर्कमा आएका मानिसलाई निसङ्कोच विश्वास गर्ने बानीको उल्लेख लेखकबाट भएको छ। अन्य व्यक्तिहरूसरह ममा पनि मानवीय कमजोरी छ भनेर स्वीकार गर्नुलाई प्रशंसनीय कार्य भन्नुपर्छ।
विषयवस्तुको कोणबाट खोट लगाउनुपर्ने कुरा यस पुस्तकमा छैनन्। उल्टो, पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले भनेझैं यसमा पाठकहरूलाई काउकुती लगाउने कुरा नै धेरै छन्। वरिष्ठका पनि वरिष्ठ कृष्णप्रसाद भण्डारीको सम्मतिले पनि यसै कुरालाई इङ्गित गरेको छ। यति हुँदाहुँदै पनि, नजानिंदो ढङ्गले पुस्तकमा छिरेका,परेका भाषा र छपाइको क्रमका त्रुटिहरूप्रति आँखा चिम्लिन गाह्रो छ। अङ्ग्रेजी लवज र अभिव्यक्ति यत्रतत्र फेला पर्छन्– शिक्षित कहलिने समुदायका सदस्यहरूले फेसनको रूपमा प्रयोग गरेका शब्दहरू जस्तै। हो, कुनै कुनै शब्द कथ्य (बोलिने भाषा) मा ठीकै सुनिएला तर लेख्यमा तिनै शब्द अनुपयुक्त वा अशुद्ध हुन पुग्छन्। जस्तो ‘ब्याग बोकाउने प्रथा’ मा प्रयोग भएको ‘ब्याग’। झोला, थैलो, जाबी आदि वैकल्पिक शब्दहरू कोषमा पाइन्छन्। हुनसक्छ, लेखकलाई यीमध्ये कुनैले पनि वकिलको ‘ब्याग’ बुझाउँदैनन् भन्ने लागेको होस्। ‘करिअर’ अर्को शब्द हो जसलाई वृत्ति भन्न सकिन्छ किनभने यसले पेशा, जीविका भन्ने अर्थ दिंदै आएको छ। छात्रवृत्ति शब्दसँग त हामी सबै परिचित नै छौं।
‘ल फर्मको वार्मअप’ शीर्षकमा ‘को’ बाहेक सबै विदेशी शब्द छन्। वकिलका ‘क्लाइण्ट’ भनेका झगडिया हुन्; तर त्यसो भन्न/लेख्न असजिलो लागे ग्राहक भनिदिए पनि हुन्छ। हो, ‘एमिकस क्युरी’ लाई त तलमाथि गर्न मिलेन तर त्यसको अर्थ ‘अदालतका सहयोगी’ हुन्छ भनेर कोष्ठकमा राखिदिनुपर्छ; लेखकले राख्नु पनि भएको छ।अदालत, इजलास, इत्तलायनामा, वारे
लेखक उप्रेती नेपाली भाषाप्रति स्वाभाविक अनुराग राख्ने नागरिक भएको तथ्य त उत्कीर्ण नम्बरपाटी (इम्बोस्ड नम्बरप्लेट) को तारतम्य मिलाएर अङ्ग्रेजी वर्णमाला चलनमा ल्याउने सरकारी नीतिको विरोधमा प्रकाशित उहाँको छुट्टै लेखले पनि प्रमाणित गरिसकेको हो। अदालतमा प्रचलित ‘कज-लिष्ट’ जस्ता पदावली नेपाली शब्दभण्डारमा स्थायीरुपमै भित्रिसकेको हुनाले तिनलाई हेरफेर गर्न चाहे पनि लेखकले थप परिश्रम गर्नुपर्ने हुन्छ। अनुकूल मिले गरे बेश हो।
मुख्य कुरो, आफ्नो भण्डारमा नपाइने वस्तु मात्र छिमेकी, इष्टमित्रबाट सर-सापट लिने हो। जग-जाहेर छ, नेपालमै प्रचलनमा रहेका भाषा-भाषिकामा नेपाली भाषालाई उपयोगी हुने अनेक शब्द र अभिव्यक्तिहरू छन्। तिनको खोज र प्रयोगलाई पहिलो प्राथमिकता दिनुको साटो हिन्दी,अङ्ग्रेजीतिर लहसिने बानी कानून व्यवसायी र सञ्चारकर्मीहरूले छोड्नु जाती होला। आखिर दैनिक रूपमा भाषाको सर्वाधिक प्रयोग गर्ने यिनै दुई क्षेत्र हुन्। जे होस्, २०६९ साल माघमा वरिष्ठ भैसक्नु भएका लेखकको काँधमा भावी पुस्तालाई मार्गदर्शन काम पनि थपिएको कुरोमा सन्देह रहेन।
अन्त्यमा-
मदन भण्डारी विषयक अध्यायमा परेको लेखक उप्रेतीको यो कथन प्रस्तुतिको हिसाबले रोचक पाइयोः- ’ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मेको, चारढुङ्गे नक्सालमा डेरा लिएर बसेको र ढुङ्गालाई जीवनोपयोगी बनाउने यात्रामा हिंडेको मान्छे गएर ढुङ्गा नै नाम भएको चितवनको दासढुङ्गामा मृत्यु भयो। मृत्यु ढुङ्गाभन्दा कठोर हुँदो रहेछ भन्ने लागिरहेछ।’
एउटा स-सानो संयोग नै होला।’अन्तर्य’ र यसका रचयिताको चर्चा पाठकहरूबीच लैजाने यस हरफको लेखक पनि ढुङ्गाकै आडमा उभिएको रहेछ। किनभने उसको जन्म ओखलढुङ्गाको एक दुर्गम गाउँमा भएको थियो!
कविशिरोमणि लेखनाथको ‘नैतिक दृष्टान्त’ मा परेको एक दृष्टान्त यस्तो छः-
योग्यस्थानविषे मान सानाले पनि पाउँछ।
कृष्णाको तटको ढुङ्गो देवता कहलाउँछ।।
पुश्तकको बिबेचना अत्यन्त गहन,सुन्दर अनी यथार्थपरक रुपमा गरिएको पाईन्छ यस्को लागि बिबेचकमा नमन । साथै,लेखक बिद्द्वान मित्रवर उप्रेतिजी पनि धन्यवादपुश्तककोको पात्र हुनुहुन्छ । जय जननी नेपाल !
वास्तविकता अलि तिरै हुन्छ।तर, औषधि त त्यही नै हाे नि । विद्वान् ध्रुवहरि अधिकारीद्वारा अन्तर्यभित्रकाे वास्तविक पक्ष उतार्ने प्रयास गरिएको छ । लेखकले वास्तविक पृष्ठभूमिमा आफ्नाे लेखनीलाई सन्तुलित ढङ्गले बगाई समाजलाई नियाल्न सक्नु नै लेखकीय सफल पक्ष हाे ।
राम्रो विश्लेषण
विश्लेषण पढने अवसर त जुट्यो, तर पुस्तकको सांगोपांगो अध्ययन गर्न चुकि रहेको महसुस भयो। छिट्टै यो तिर्खा मेटाउन कोशिश गर्दछु। लेखक तथा विश्लेषक द्वयप्रति ससम्मान शुभकामना व्यक्त गर्दछु।