मधेशमा आज सभामुखका लागि निर्वाचन : रामअशिष र त्रिलोकी उम्मेदवार

हिमाल प्रेस ६ पुष २०८२ ७:२२ | Sunday, December 21, 2025
10
SHARES
मधेशमा आज सभामुखका लागि निर्वाचन : रामअशिष र त्रिलोकी उम्मेदवार

काठमाडौँ- मधेश प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुने भएको छ। मधेश प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ।

सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन्।

यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन्।

त्रिलोकी समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा रहेका छन्। आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्ने कार्यतालिका छ।

 

प्रकाशित: ६ पुष २०८२ ७:२२ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast