एपीएफ र भारतको इष्ट बंगालबीच उपाधि भिडन्त आज

हिमाल प्रेस ५ पुष २०८२ ७:१५
12
SHARES
एपीएफ र भारतको इष्ट बंगालबीच उपाधि भिडन्त आज

काठमाडौँ- साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधिका लागि शनिबार नेपालको एपीएफ र भारतको इष्ट बंगालबीच प्रतिस्पर्धा हुँदैछ।

खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। समूह चरणमा एपीएफले दुई खेलमा जित र दुईमा बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको थियो। इष्ट बङ्गालले भने तीन खेलमा जीत हात पारेको थियो। एक खेलमा एपीएफसँग बराबरी गर्‍यो।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बंगलादेश र पाकिस्तान गरी ५ देशका लिग विजेता टोली सहभागी छन्।

उपाधि जित्ने टोलीले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ। बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन्।

एपिएफकी कप्तान अनिता बस्नेतले फाइनलका लागि आफ्नो टोली तयार र उत्साहित रहेको बताइन्। इष्ट बंगालका प्रशिक्षक एन्थोनी सामसनले आफ्नो घरेलु समर्थकमाझ एपीएफले राम्रो खेल्न नसकेको बताएका छन्।

प्रकाशित: ५ पुष २०८२ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast