बलिउड अभिनेता धर्मेन्द्रको अन्तिम फिल्म ‘इक्किस’ नयाँ वर्षमा प्रदर्शन हुने

हिमाल प्रेस ३ पुष २०८२ १६:५५ | Thursday, December 18, 2025
22
SHARES
बलिउड अभिनेता धर्मेन्द्रको अन्तिम फिल्म ‘इक्किस’ नयाँ वर्षमा प्रदर्शन हुने

काठमाडौँ- बलिउड वरिष्ठ अभिनेता धर्मेन्द्रको अन्तिम फिल्म ‘इक्किस’ नयाँ वर्षमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको नयाँ मिति सार्वजनिक गर्दै सन् २०२६ जनवरी १ मा प्रदर्शन गर्ने घोषणा गरेका हुन्। यसअघि टिमले डिसेम्बर २५ मा प्रदर्शन गर्ने तयारी गरेकाे थियाे।

‘इक्किस’ मार्फत अभिनेता धर्मेन्द्र अन्तिमपटक पर्दामा देखिँदैछन्। उनको ८९ वर्षको उमेरमा गत महिना निधन भएको थियो।
धर्मेन्द्रसहित फिल्ममा जयदीप अहलावत र अगस्त्य नन्द मुख्य भूमिकामा छन्। अगस्त्य नन्दको बुबाको भूमिकामा धर्मेन्द्रले अभिनय गरेका छन्।

फिल्मका निर्माता म्याडडक हुन्। श्रीराम राघवन निर्देशित फिल्म सन् १९७१ को भारत र पाकिस्तान युद्धमा असाधारण वीरता प्रदर्शन गर्ने भारतका सबैभन्दा कान्छा परमवीर चक्र प्राप्तकर्ता सेकेन्ड लेफ्टिनेन्ट अरुण खेतरपालको सत्य कथामा आधारित छ।

यस्ताे छ ट्रेलर

प्रकाशित: ३ पुष २०८२ १६:५५ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast