स्मार्ट एआई प्रविधिसहित गोदरेजका वाशिङ मेसिन सार्वजनिक, ४ वर्ष वारेन्टी

हिमाल प्रेस २ पुष २०८२ १३:३३
स्मार्ट एआई प्रविधिसहित गोदरेजका वाशिङ मेसिन सार्वजनिक, ४ वर्ष वारेन्टी

काठमाडौँ- उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै दीर्घकालीन विश्वास प्रदान गर्ने उद्देश्यका साथ Godrej Appliances ले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट-लोड वाशिङ मेसिनहरूमा लागू गरिएको ४ वर्षे Comprehensive Warranty औपचारिक रूपमा सार्वजनिक गरेको छ। “Only with Godrej” ट्यागलाइनसहित सुरु गरिएको यो योजनाले वाशिङ मेसिन सेग्मेन्टमा Godrej लाई उपभोक्ताको भरोसाको नयाँ मापदण्डका रूपमा स्थापित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

Godrej ले ४ वर्षको Comprehensive Warranty सँगै १० वर्षको मोटर वारन्टी प्रदान गर्दै मर्मत, पार्ट्स र सेवासम्बन्धी चिन्ताबाट उपभोक्तालाई दीर्घकालीन निश्चिन्तता दिएको छ। कम्पनीका अनुसार यो सुविधा नेपाली उपभोक्ताका लागि दीर्घकालीन मूल्य र विश्वासको प्रतीक हो जसले प्रिमियम वाशिङ मेसिन प्रयोगको अनुभवलाई अझ सुरक्षित र सहज बनाउनेछ।

यी वाशिङ मेसिनहरू AI-Powered Turbidity Sensing Technology सहित डिजाइन गरिएका छन्। यस प्रविधिले पानीमा रहेको डिटर्जेन्टको अवशेष पहिचान गरी आवश्यकताअनुसार रिन्सिङ प्रक्रिया स्वचालित रूपमा समायोजन गर्छ। यसले १५० प्रतिशतसम्म बढी रिन्सिङ प्रभावकारिता प्रदान गर्नुका साथै सामान्य रिन्स साइकलको तुलनामा ५० प्रतिशतसम्म बढी कडा डिटर्जेन्ट हटाउन सक्षम हुने कम्पनीको दाबी छ जसका कारण कपडा लामो समयसम्म सफा, नरम र सुरक्षित रहन्छ।

Godrej का फ्रन्ट–लोड वाशिङ मेसिनहरू घरायसी आवश्यकतालाई ध्यानमा राखी विकसित गरिएका छन्। यी मेसिनले हल्दी, दाल, कुकुम, मेहन्दी, अचारजस्ता १०० भन्दा बढी कठिन दागहरू प्रभावकारी रूपमा हटाउन सक्ने क्षमता राख्छन्। साथै In-built Heater सहितको Steam Wash Technology ले पानीलाई ९५ डिग्री सेल्सियससम्म तताएर गहिरो र हाइजिनिक धुलाई सुनिश्चित गर्छ।

त्यसैगरी, 95°C Advanced Tub Clean with Auto Reminder सुविधाले प्रत्येक ४५ वाशपछि ड्रम सफा गर्न स्वचालित स्मरण गराउँछ। टप–लोड वाशिङ मेसिनको तुलनामा यी फ्रन्ट–लोड मेसिनहरूले ६५ प्रतिशतसम्म पानी बचत गर्ने, 1400 RPM हाई–स्पिन मोटरमार्फत बढी पानी निष्कासन गरी छिटो सुकाउने सुविधा प्रदान गर्ने बताइएको छ। Digital Inverter Motor Technology का कारण मेसिन शान्त, ऊर्जा–दक्ष र दीर्घकालीन रूपमा टिकाउ रहने कम्पनीको भनाइ छ।

यसमा Refresh Program मार्फत हल्का प्रयोग भएका कपडालाई स्टीमद्वारा ताजा बनाउने सुविधा तथा Hygiene Wash कार्यक्रममार्फत जीवाणु नियन्त्रणसहित गहिरो सफाइ गर्ने व्यवस्था पनि गरिएको छ। यी सबै विशेषताले कपडाको गुणस्तर जोगाउँदै उच्च हाइजिन सुनिश्चित गर्ने Godrej को दाबी छ।

Godrej का यी प्रिमियम वाशिङ मेसिनहरू Eon Regalis Series अन्तर्गत ८ केजी र ९ केजी क्षमतामा म्याट ब्ल्याक र रोज गोल्ड रङ विकल्पसहित उपलब्ध छन्। यी उत्पादनहरू नेपालभर CG Electronics मार्फत बिक्री वितरण भइरहेको छ। अत्याधुनिक AI प्रविधि, उच्च हाइजिन र ४ वर्षे Comprehensive Warranty को संयोजनमार्फत Godrej ले नेपाली उपभोक्तालाई स्मार्ट टेक्नोलोजीसँग दीर्घकालीन भरोसा प्रदान गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना सीमित समयका लागि मात्र लागू हुनेछ।

प्रकाशित: २ पुष २०८२ १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast