साफ महिला क्लब च्याम्पियनसिप : एपीएफ र भारतको इस्ट बंगाल भिड्दै

हिमाल प्रेस २ पुष २०८२ ६:२६ | Wednesday, December 17, 2025
2
SHARE
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफ र भारतको इस्ट बंगाल भिड्दै

काठमाडौँ- साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत राउण्ड रोविनको अन्तिम खेलमा आज घरेलु टोली एपीएफ फुटबल क्लब र भारतको इस्ट बंगाल भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। एक खेलअघि नै फाइनल पुगिसकेका एपीएफ र इस्ट बंगालका लागि आजको खेल फाइनलअघिको वार्मअप सरह हुनेछ।

आइतबार राति भारतको इस्ट बंगालले बंगलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ७-० को फराकिलो अन्तरले पराजित गरेसँगै एपीएफ फाइनलमा पुगेको हो।

नसरिनलाई हराएपछि इस्ट बंगाल पनि अंक तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो। च्याम्पियनसिपमा अपराजित रहेको इष्ट बंगाल ३ खेलमा ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ।

दुई खेलमा जित र एक खेलमा बराबरी गरेको एपीएफ सात अंकमा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान पक्का गरेको हो।आइतबार दिउँसो नै भएको पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसीलाई १–० ले हराएपछि एपीएफ फाइनल नजिक पुगेको थियो।

एपीएफले राउण्ड रोविनको पहिलो खेलमा नसरिनलाई ४–० को फराकिलो अन्तरले हराएको थियो। दोस्रो खेलमा भुटानको ट्रान्सपोर्टसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। आजै हुने पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड महिला एफसी र बंगलादेशको नसरिन स्पोर्टस् एकेडेमी खेल्दैछन्। सो खेल दिउँसो २ बजे सुरु हुनेछ।

कराची, भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नसरिन स्पोर्टस् एकेडेमी उपाधि दौडबाट बाहिरिएका छन्।

प्रकाशित: २ पुष २०८२ ६:२६ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast