आहा राष्ट्रिय फल! [तस्बिरहरू]

हिमाल प्रेस १ पुष २०८२ १७:०६ | Tuesday, December 16, 2025
38
SHARES
आहा राष्ट्रिय फल! [तस्बिरहरू] तनहुँको बन्दीपुर गाउँपालिका–४ रिपका किसान गणेशबहादुर गुरुङको बगैँचामा उत्पादन भएका सुन्तला ग्रेडिङ गरी बजार पठाउने तयारी गरिँदै।

काठमाडौँ- अचेल देशभरका प्रायः बजार क्षेत्रमा सुन्तला बिक्रीका लागि राखिएको देखिन्छ। मंसिर र पुसमा नेपालमा धेरै सुन्तला बजारमा आउने गर्छ।

अमिलो वर्गको फलफूलमा पर्ने कागती, सुन्तला र जुनारमध्ये सुन्तलालाई नेपालका ८०७ वडाले आफ्नो प्रमुख फलफल बालीका रूपमा लिएको राष्ट्रिय कृषिगणना २०७८ मा उल्लेख छ।

सरकारी तथ्यांकअनुसार नेपालमा सुन्तलाका ९८९ पकेट क्षेत्र छन्। व्यावसायिक रूपमा हेर्दा ४८ जिल्लामा १०० हेक्टरभन्दा बढी क्षेत्रमा सुन्तला खेती भइरहेको सरकारी विवरणमा देखिन्छ। सरकारले २०८० चैतमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको थियो।

बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँ किम्बोटको सुन्तला बगैँचामा लटरम्म पाकेका सुन्तला।
तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटमा बोटमा चढेर सुन्तला टिप्दै किसान।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ स्थित माझकुभिण्डे क्षेत्रमा फलेको लटरम्म सुन्तला।
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानहरु बगैँचाबाट टिपेको सुन्तला बजार पठाउन ग्रेडिङ गर्दै।
रोल्पा परिवर्तन गाउँपालिका-४ स्थित राङ्सीबाट रोल्पा पाछाबाङका व्यापारी कर्णबहादुर रोकाले ट्रकमार्फत दाङको घोराही बजार ल्याएको सुन्तला बिक्रीका लागि ग्रेडिङ गरिँदै।

तस्बिरहरू : रासस

प्रकाशित: १ पुष २०८२ १७:०६ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast