बढ्दो उमेरले अनुभवी बनाएको छ : बसुन्धरा भुसाल

हिमाल प्रेस २८ मंसिर २०८२ १३:३२ | Sunday, December 14, 2025
28
SHARES
बढ्दो उमेरले अनुभवी बनाएको छ : बसुन्धरा भुसाल

काठमाडौँ- वरिष्ठ अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभव बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन्। न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा भएको ‘गयो गयो उमेर, बाँचौँ रमेर’ बोलको गीत सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

कार्यक्रममा उनले कलाकारिता र उमेरका चुनौतीका विषयमा चर्चा गरेकी थिइन्। ‘बढ्दो उमेरले हामीलाई अनुभवी बनाएको छ,’ उनले भनिन्, ‘आफ्नो स्वास्थ्यको ख्याल राख्न सके बढ्दो उमेरको सुन्दरतातर्फ हाम्रो ध्यान जान्छ। हामीले सकारात्मक पक्षलाई बढाउनु जरुरी छ। म आफैँ अहिले ७५ वर्षको भएँ, तर आफ्नो कामले मलाई अनुभवी बनाएको छ, बूढो होइन।’

गायिका लक्ष्मी भुजेल महर्जनको स्वर रहेको उक्त गीतमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएका सन्ततिप्रतिको चिन्तालाई विषयवस्तु समेटिएको छ। सुशीला भुजेलको शब्द रहेको गीतमा शिव शाहीले संगीत भरेका छन्।

प्रकाशित: २८ मंसिर २०८२ १३:३२ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast