काठमाडौँ- एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा बिहीबारसम्म प्रहार भएका चौकाहरूका आधारमा दुई हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ।
क्रिकेटको उत्साहलाई विद्यार्थीहरूको उज्जवल भविष्यसँग जोड्ने उद्देश्यले सुरू गरिएको अभियानमार्फत एनसेल फाउन्डेसनले शैक्षिक सामग्री वितरण गर्ने भएको हो।
अभियानअन्तर्गत सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक किट प्रदान गरिने एनसेलले जनाएको छ।
फाउन्डेसनले गत वर्षदेखि एनपीएलसँग सहकार्य गर्दै ‘प्रत्येक चौका बराबर शैक्षिक सहयोग’ अभियान सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि प्रत्येक चौकामा चारवटा शैक्षिक सामग्री वितरण गरिने फाउन्डेसनले जनाएको छ।
बिहीबारसम्म ९० खेलाडीहरूले ५१० चौका प्रहार गरिसकेका छन्, जसअनुसार २ हजार ४० शैक्षिक सामग्री वितरण हुने सुनिश्चित भएको छ।
फाउन्डेसनले जनाएअनुसार शैक्षिक किटमा झोला, कपी, पेन्सिल, सापर्नर, इरेजरलगायतका आधारतुत सामग्री रहनेछन्।



