नेशनल लाइफको सिइओ क्लब सम्मान समारोह: उत्कृष्ट अभिकर्तालाई मेडल, प्रमाणपत्र र पुरस्कार

हिमाल प्रेस १९ मंसिर २०८२ १३:२३
नेशनल लाइफको सिइओ क्लब सम्मान समारोह: उत्कृष्ट अभिकर्तालाई मेडल, प्रमाणपत्र र पुरस्कार

काठमाडौँ- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले नेपालगन्जको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य भएका ११५ जना अभिकर्ताह रू र सुदूरपश्चिम प्रदेशबाट योग्य भएका १६१ जना अभिकर्ताहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा कर्णाली तथा सुदूरपश्चिम प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताह रूलाई सिइओ क्बलको सदस्यता वितरण तथा सम्मान गरिएको थियो भने ती प्रदेशहरू बाट आफ्नो कोडमा र संजलमा प्रथम द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले कर्णाली र सुदूरपश्चिम प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताह रूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिईओ क्लब र नेशनल अवार्डअन्तर्गत योग्य हुने अभिकर्ताह रूलाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरूप गण्डकी प्रदेशमा पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिसकेको र सोही क्रममा दोस्रो कार्यक्रमअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशबाट छनौट भएका अभिकर्ताहरूलाई सम्मान गरिएको र अन्य प्रदेशह रूमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराए।

उनले कम्पनीले अभिकर्तामैत्री स्किमहरू ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट १६०० जनाभन्दा बढी अभिकर्ताहरू छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए।

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले तालिम प्रदान गरेका थिए। तालिमको क्रममा वहाँले जीवन बीमा व्यवसायमा सफलता पाउनका लागि धेरै भन्दा धेरै व्यक्तिहरूसँग सम्पर्क बढाई बीमा पोलिसीको कुरा राख्न सक्ने आवश्यक ज्ञान र सीप चाहिने बताए।

समारोहमा, चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्न पाउँदा भविष्यमा यस पेसालाई निरन्तरता दिई व्यवसायिक बनाउँदै लान ऊर्जा मिलेको र प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको सहभागी अभिकर्ताह रूले बताएका थिए।

प्रकाशित: १९ मंसिर २०८२ १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast