काठमाडौँ- नेकपा एमालेका सचिव रघुवीर महासेठले नेकपा एमाले र देशको नेतृत्व केपी ओलीबाहेक अरूले गर्न नसक्ने तथ्यमा आफू अलिकति पनि दुविधामा नरहेको बताएका छन्।
एमालेमा गुटबन्दी गरिरहेको समुहले आफ्नो नाममा पोष्टर बनाएर अफवाह फैलाउने काम गरेपछि महासेठले आफू केपी ओलीलाई फेरि एकपटक नेतृत्वमा स्थापित गराउने अभियानमा दृढतापुर्वक लागेको पनि प्रष्ट पारेका छन्।
पार्टीको ११ महाधिवेशनबाट एमाले वर्तमान पार्टी अध्यक्ष केपी ओलीकै नेतृत्वमा अघि बढ्ने महासेठले स्पष्ट पारे। देशलाई यतिबेला बलियो र स्पष्ट दृष्टिकोण भएको पार्टी र नेता आवश्यक रहेको भन्दै उनले त्यो आवश्यकता नेकपा एमाले र केपी ओलीले मात्र पुरा गर्न सक्ने उनको धारणा छ।
प्रकाशित: १८ मंसिर २०८२ १०:२४
प्रतिक्रिया



