काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत चाइनिज ताइपेइसँग खेल्दैछ।
यो खेल नेपाली समय अनुसार आज साँझ सवा ६ बजेदेखि शुरु हुदैछ। चाइनिज ताइपेइको महिला फुटबल टिम फिफा वरियतामा ४२औं स्थानमा छ भने नेपाल ८९औं स्थानमा रहेको छ।
यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर सहभागी छैनन्।
यस प्रतियोगितामा कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा २२ सदस्यीय टोली हाल इन्डोनेसिया पुगेको छ।
प्रकाशित: १६ मंसिर २०८२ ८:५६
प्रतिक्रिया



