काठमाडौँ- साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपाल बुधबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली इन्डोनेसियाविरुद्ध मैदान उत्रिँदैछ।
योग्यकार्तास्थित मागुवोहर्जो रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६: १५ बजे हुनेछ । नेपाल र इन्डोनेसिया अहिलेसम्म एकपटक मात्र आमने–सामने भएका छन्।
सन् २०१९ मा म्यानमारको मण्डलेमा सम्पन्न एएफसी ओलम्पिक छनोटको दोस्रो चरणमा नेपालले इन्डोनेसियालाई २-१ ले हराएको थियो। खेलमा दुवै गोल स्ट्राइकर साबित्रा भण्डारी साम्बाले गरेकी थिइन् ।
तर, यसपल्ट नेपालले साम्बाबिना नै इन्डोनेसियासँग खेल्नेछ। अस्ट्रेलियन लिग खेल्नेक्रममा उनले घुँडाको चोट बोकेकी थिइन्।
प्रकाशित: १० मंसिर २०८२ ९:५०
प्रतिक्रिया


