कालिमाटीमा तरकारी : गोलभेँडा १०५, भन्टा ७५ [अरू कति?]

हिमाल प्रेस ६ मंसिर २०८२ ८:५८ | Saturday, November 22, 2025
कालिमाटीमा तरकारी : गोलभेँडा १०५, भन्टा ७५ [अरू कति?] फाइल तस्बिर।

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज बोडीको मूल्य थोरै घट्दा च्याउ, गाँजर, करेलासहितका तकारीको मूल्य बढेको छ। कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा १०५, सानो लोकल गोलभेँडा ७८, टनेलको सानो गोलभेँडा १२०, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १४५, लोकल बन्दा ६३, स्थानीय काउली ७५, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८०, तने बोडी १८५ रुपैयाँ प्रतिकिलो छ।

करेला १७०, लौका ९०, लोकल परबल १०५, डल्ले फर्सी ७५, पाकेको फर्सी ४५, कन्य च्याउ २४६, डल्ले च्याउ ३९२, कुरिलो ११०० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ११०, सानो लोकल गोलभेँडा ८५, टनेलको सानो गोलभेँडा १२०, रातो आलु ५३, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १३०, लोकल बन्दा ६७, स्थानीय काउली ८१, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८०, तने बोडी १९५ रुपैयाँ प्रतिकिलो थियो।

करेला १४५, लौका ९१, लोकल परबल १०५, डल्ले फर्सी ७६, पाकेको फर्सी ४५, कन्य च्याउ २३०, डल्ले च्याउ ३७५, कुरिलो ११०० र ब्रोकाउली १४५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ६ मंसिर २०८२ ८:५८ | Saturday, November 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast