छायांकनमा प्रवीण श्रेष्ठ निर्देशित फिल्म ‘बब डाइ’, मुख्य भूमिकामा सौगात मल्ल

हिमाल प्रेस ५ मंसिर २०८२ १२:०३ | Friday, November 21, 2025
6
SHARES
छायांकनमा प्रवीण श्रेष्ठ निर्देशित फिल्म ‘बब डाइ’, मुख्य भूमिकामा सौगात मल्ल

काठमाडौँ- ‘बब डाइ’ नामक फिल्म बन्ने भएको छ। फिल्म प्रविन श्रेष्ठको निर्देशनमा बन्न लागेको हो।

निर्देशक श्रेष्ठका अनुसार फिल्ममा किर्तिपुरको कथा प्रस्तुत गरिनेछ। फिल्मको नामबारे उनले भने, ‘वास्तवमा बब डाइ भनेको बब दाइ हो। नेवारी ट्युनमा दाइलाई डाइ भनिने भएकाले नाममा त्यसरी राखेका हौँ।’

उनका अनुसार ‘बब डाइको भूमिकामा अभिनेता सौगात मल्ल देखिनेछन्। अभिनेता मल्लसँगै फिल्ममा सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्ण भक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बाल कलाकार अग्रीम पन्डितको अभिनय रहनेछ।

फिल्मको कथा निर्देशक श्रेष्ठ र मैनिषा गौचनले तयार पारेका हुन्। फिल्मको छायांकन पनि सुरु भइसकेको छ। चन्द्रागिरी र कीर्तिपुर आसपासमै फिल्म छायांकन सक्ने निर्माण टिमको योजना छ।

फिल्म रोटेपिङ इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुनेछ। श्याम तामाङले छायांकन गरिरहेको फिल्म निर्देशक श्रेष्ठले नै सम्पादन गर्नेछन्। फिल्ममा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धरले लगानी गरेका छन्।

निर्देशक श्रेष्ठ १२ वर्षपछि फिल्म निर्देशनमा फर्किएका हुन्। यसअघि उनले फिल्म ‘मोक्ष’ निर्देशन गरेका थिए।

प्रकाशित: ५ मंसिर २०८२ १२:०३ | Friday, November 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast