सहमति कार्यान्वयनको माग गर्दै ‘ए’ डिभिजन फुटबल क्लबहरू धर्नामा

हिमाल प्रेस ४ मंसिर २०८२ १६:०९
6
SHARES
सहमति कार्यान्वयनको माग गर्दै ‘ए’ डिभिजन फुटबल क्लबहरू धर्नामा

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूहरुसँग गरेको सहमति कार्यान्वयनका लागि दबाब दिन भन्दै ए डिभिजन फुटबल क्लबहरुले एन्फा कम्लेक्स अगाडि धर्ना दिएका छन्।

गत कार्तिक १७ गतेको छलफलमा भएको सहमतिअनुसार एन्फा अघि नबढेको भन्दै ए डिभिजन फुटबल क्लबहरुले बिहीबार एन्फा कम्लेक्स अगाडी धर्ना दिएका हुन्। उनीहरुले नेपाली फुटबललाई अघि बढाउन एन्फाले ल्याएको प्रस्तावलाई बाध्यकारी रुपमा आफुहरुले स्वीकार गरे पनि अहिले एन्फाले नै उक्त सहमतिलाई कार्यान्वयन नगरेको आरोप लगाएका छन्।

हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यो वर्ष पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्ष पुसमा होम एन्ड अवे फम्र्याटमा ए डिभिजन लिग गर्ने सहमति कार्यान्वयनमा एन्फा अग्रसर नभएकाले धर्ना दिइएको बताए।

उनले आफूहरुसँग गरेको सहमति कार्यान्वयनमा आफूहरुको जोड रहेको भन्दै यस विषयमा खेलकुद मन्त्रालयले समेत ध्यान दिनुपर्ने बताए।

धर्नामा सहभागीहरुले एक वर्षको फुटबल साइकललाई ४ वर्षसम्म लम्बाउन नहुने, फुटबल दबाबमा होइन, मैदानमा खेलाँै, ८९३ दिनदेखि ए डिभिजन कस्को कारणले रोकियो, क्लबको लगानीलाई बेवास्ता नगरौँ लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रकाशित: ४ मंसिर २०८२ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast