नेपालमा पहिलोपटक विद्युत् लोडर एसडीएलजी अनावरण

हिमाल प्रेस २५ कार्तिक २०८२ १७:३४
नेपालमा पहिलोपटक विद्युत् लोडर एसडीएलजी अनावरण

काठमाडौँ- नेपालमा पहिलोपटक विद्युत् प्रविधिमा आधारित लोडर सार्वजनिक गरिएको छ। पीएस एण्ड एस इन्टरनेसनल प्रा.लि. ले चीनको प्रसिद्ध ब्रान्ड एसडीएलजी (SDLG) को नवीनतम मोडेल L936HEV इलेक्ट्रिक ह्विल लोडर नेपाली बजारमा अनावरण गरेको हो।

कम्पनीका अनुसार यो उपकरणले वातावरणमैत्री प्रविधि, उच्च कार्यक्षमता र दीर्घकालीन लागत, सुरक्षाको संयोजन गर्नेछ। निर्माण उपकरणका क्षेत्रमा यो एक महत्वपूर्ण प्राविधिक उपलब्धि मानिएको छ।

काठमाडौँस्थित कम्पनीको मुख्यालयमा आयोजित कार्यक्रममा पीएस एण्ड एस इन्टरनेसनलका कार्यकारी निर्देशक दिपक उप्रेतीले यो लोडर नेपालको निर्माण उद्योगमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे। उनले भने,‘यो विद्युतीय लोडरले इन्धन खर्चमा बचत, आवाज र प्रदूषणमा कमी ल्याएर निर्माण क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ।’

एसडीएलजी नेपालमा आएको पहिलो इलेक्ट्रिक लोडर हो। यसले देशको दिगो निर्माण प्रविधि र विद्युतीय उपकरणको प्रयोगमा नयाँ सम्भावना खोलेको बताइएको छ। कम्पनीले यो मोडेलको प्रदर्शन, परीक्षण र बिक्रीका लागि आफ्ना डिलरहरूलाई प्रशिक्षण पनि दिइरहेको जनाएको छ।

विद्युतीय उपकरण निर्माणमा अग्रणी रहेको एसडीएलजीका उत्पादक भोल्भो ग्रुपका सहउत्पादक पनि हुन्। यो मोडेलले विश्व बजारमा समेत उच्च प्रशंसा पाएको बताइन्छ।

मुख्य विशेषताहरू

ब्याट्री शक्ति: १८०.५ kWh (५२१ V) — CATL लिथियम आयरन फस्फेट (LiFePO₄) ब्याट्री

मोटर शक्ति: ६० kW नियमित / ९० kW अधिकतम

बकेट क्षमता: १.५ – ३.० m³ (स्ट्यान्डर्ड २.१ m³ GP बकेट)

चार्जिङ क्षमता: छिटो चार्जिङ प्रणालीद्वारा छोटो समयमा पूर्ण चार्ज

कम सञ्चालन लागत: इन्धन खर्च र मर्मत खर्चमा उल्लेखनीय बचत

शून्य उत्सर्जन: प्रदूषणरहित, वातावरणमैत्री सञ्चालन 

प्रकाशित: २५ कार्तिक २०८२ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast