मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ

हिमाल प्रेस २५ कार्तिक २०८२ १५:३२
14
SHARES
मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमम आयोजित एक समारोहमा राष्ट्रपति पौडेलले सुरेन्द्रलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिमा उत्पन्न विवादपछि सरकारले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सरकारको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो।

सुमित्राले सोमबार बिहान बर्दिबास र सिन्धुलीको सिमानामा पर्ने पानस होटलमा मुख्यमन्त्रीको शपथ गराएको घटना विवादित बनेको थियो।

प्रकाशित: २५ कार्तिक २०८२ १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast