झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई

हिमाल प्रेस २४ कार्तिक २०८२ २०:२० | Monday, November 10, 2025
10
SHARES
झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई

झापा- शिवसताक्षीस्थित दूधे रङशालामा आज (सोमबार) सम्पन्न एलभीडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। प्रतिस्पर्धी विभागीय टोली एपीएफ फुटबल क्लबलाई १-० गोलले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि कब्जा गरेको हो।

उपाधिसँगै पुलिस क्लबले नगद १० लाख १० हजार, मेडल र ट्रफी प्राप्त गरेको छ भने उपविजयी एपीएफ फुटबल क्लबले नगद पाँच लाख प्राप्त गरेको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि पुलिस क्लबकी मीना देउवाले हात पारेकी छन्। उनले प्रतियोगिता अवधिभर सात गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै एक लाख ५० हजार प्राप्त गरिन्।

प्लेयर अफ द म्याचको उपाधि पुलिस क्लबकी पूजा रानाले जितेकी छन्। यसै गरी उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस क्लब), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपीएफ क्लब), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपीएफ क्लब), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपीएफ क्लब), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस क्लब) र उदीयमान खेलाडी जेनिफर राना मगर (त्रिभुवन आर्मी क्लब) बनेकी छन्। उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रूपैयाँ प्राप्त गरे।

विजेता तथा उपविजेता टोलीलाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तरराष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले वितरण गरेका थिए।

प्रकाशित: २४ कार्तिक २०८२ २०:२० | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast