काठमाडौँ- कात्तिकको चोथो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ।
जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। समग्रमा यो साता थिएटरमा दुई नाटक मञ्चन भइरहेको छ भने हलमा नयाँ नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शन भएका छन्।
हेरौं, यो साता कहाँ के के हुँदैछ
कृष्ण उदाशीको कवितासंग्रह पानीको पर्खाल लोकार्पण
कृष्ण उदाशीको कवितासंग्रह ‘पानीको पर्खाल’ आज लोकार्पण हुँदैछ। कार्यक्रम कालिकास्थानस्थित सर्वनाम थिएटरमा दिउँसो १२ः ३० बजे सुरु हुनेछ। कवि श्रवण मुकारुङ मुख्य अथितिका रुपमा उपस्थित हुने कार्यक्रममा डा. अशोक थापा र डा. अम्बिका अर्याल वक्ताका रुपमा उपस्थित हुनेछन्। पुस्तक पेज टर्नरले प्रकाशन गरेको हो।
मण्डलामा ‘मिलारेपा’
थापागाउँस्थित मण्डला थिएटरमा कात्तिक १८ देखि नाटक ‘मिलारेपा’ मञ्चन भइरहेको छ। नाटक तिब्बती बौद्ध धर्मगुरू मिलारेपाको जीवनकथामा आधारित छ। नाटकमा मिलारेपाको बाल्यकालदेखि तपस्या गरेर ज्ञान प्राप्तिसम्मको यात्रा प्रस्तुत गरिएको छ। मिलारेपाको भूमिकामा रूपेश लामाले अभिनय गरेका छन्। चाङ् ङ्योन हेरूकले लेखेको नाटकको नेपाली नाट्य रूपान्तरण रविन तामाङले गरेका हुन्।
बुद्धि तामाङ र उमेश तामाङ संयुक्त निर्देशनमा मञ्चन भएको हो। नाटक आगामी मंसिर २१ सम्म मञ्चन हुनेछ। नाटकमा अन्य कलाकार रमिला मोक्तान, विकाश लामा, सानु मार्यों तामाङ, रस्मिला तामाङ, रिया लामा विजय तामाङ ब्लोन, बल बहादुर राई, मिलन कार्की, मणिकुलुङ राई, रोहनी लामा, पुस्कर कार्की, विश्व स्याङ्बो, सविता थिङ, सुनिता तामाङ दोङ, सुदिप खतिवडा, विजय टुवा, रत्न मंगगल, टसी लामा, अजय लामा, पवन कुमार गोले र सविता तामाङको अभिनय छ। नाटक सोमबारबाहेक हरेक साँझ ५ः ३० बजे र शनिबार अतिरिक्त शो दिउँसो १ बजे मञ्चन हुनेछ।
‘खमारीः मौन संवाद’
मण्डलामै अर्को नाटक ‘खमारीः मौन संवाद’ पुनः मञ्चन भइरहेको छ। गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण स्थगित भएको नाटकलाई निर्माण टिमले यही कात्तिक १३ देखि पुनः मञ्चन गरिरहेका छन्।
कात्तिक २३ सम्म मञ्चन हुने नाटक नाटक मणि के राईको परिकल्पना र निर्देशनमा बनेको हो। नाटकमा प्रकृति र मानव सभ्यताको कथालाई शारीरिक अभिव्यक्ति र नृत्यको माध्यमबाट प्रस्तुत गरिएको छ। जसमा एक बालकको रूखप्रतिको प्रेम र उसले खमारीको बिरुवा हुर्काउन गरिएको संघर्ष देखाइएको छ।
नाटकमा प्रिया लम्जेल, आरुशी राई, मुस्कान राउत, प्रेम चन्द पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, डिलेन्द्र राई, देविका राई, ममता साम्पाङ्ग राई, शक्ति राई, रेनुका घर्ती मगर, रञ्जना नेपाली र सौजन सेनेहाङको अभिनय छ। जयराम ढकाल निर्माता रहेको नाटक एक थिएटर नेपालको प्रस्तुतिमा बनेको छ।
हलमा कुनकुन फिल्म?
जारी २
उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी २’ कात्तिक २१ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा १० वर्षे द्वन्द्वले एक परिवारमा पारेको असरलाई सांस्कृतिक र भावनात्मक ढंगले प्रस्तुत गरिएको छ। फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू र सिर्जना निङ्लेखुलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, लबिम मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्समा फिल्मको ३३ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज फिल्म ‘जारी २’ चलिरहेको अन्य हल हुन्।
मन बिनाको धन
टंक बुढाथोकी निर्देशित फिल्म ‘मन बिनाको धन’ पनि कात्तिक २१ देखि नै हलमा प्रदर्शन भइरहेको छ। फिल्म बाल गायक अशोक दर्जीको वास्तविक जीवनमा आधारित कथामा आधारित छ। बालगायक दर्जीको संघर्ष, सफलतामार्फत शिक्षामूलक सन्देश प्रस्तुत गरिएको छ। गायक दर्जीसँगै फिल्ममा कलाकार रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी र बिना राउतको अभिनय गरेका छन्।।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, सिभिल मल, सिटी स्क्वायर मल, लबिम मल र भाटभटेनी भक्तपुरमा फिल्मको ६ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिजमा फिल्म ‘मन बिनाको धन’ चलिरहेको छ।
परान
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ यही कात्तिक १४ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा छन् नीर शाह। पारिवारिक कथामा बनेको फिल्मले सन्तानकै काखमा प्राण त्याग्न चाहाने बाआमाको कथा भनेको छ। फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मल, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको २९ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘परान’ चलिरहेको अन्य हल हुन्।
जेरी अन टप
असोज ३१ देखि हलमा नेपाली फिल्म ‘जेरी अन टप’ प्रदर्शन भइरहेको छ। फिल्ममा प्रेम कथासहित हिमाल आरोहण गर्नेको कथा समेटिएको छ। फिल्ममा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक सुयोग गुरुङ हुन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल, सिटी स्क्वायर मल र सिभिल मलमा फिल्मको ९ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म ‘जेरी अन टप’ चलिरहेको छ।
प्रेड्याटोर ब्याडल्यान्डस्
अंग्रेजी फिल्म ‘प्रेड्याटोर ब्याडल्यान्डस’ नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन, एडभेञ्चर रथ्रिलर जनरामा बनेको फिल्मका निर्देशक डान ट्रानटेनवर्ग हुन्। फिल्ममा एले प्यानिङ, डिमिट्रियस सुस्टरङ कोलोआमाटांगीलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मल, लबिम मल, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको ८ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स ‘‘प्रेड्याटोर ब्याडल्यान्डस’ चलिरहेको अन्य हल हुन्।
द गलफ्रेन्ड
हिन्दी फिल्म ‘द गलफ्रेन्ड’ नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा र रोमान्स जनरामा बनेको फिल्मका निर्देशक राहुल रविन्द्रन हुन्। फिल्ममा रश्मिका मन्डन्ना, दीक्षित शेट्टी, रोहिणीलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्स र सिटी स्क्वायर मलमा फिल्मको ७ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, अष्टनारायण हलमा फिलम चलिरहेको छ।
बाहुबली : द एपिक
दक्षिण भारतीय फिल्म ‘बाहुबलीः द एपिक’ कात्तिक १४ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक एसएस राजामौली हुन्। यो फिल्म बाहुबलीको पहिलो र दोस्रो संस्करणको पुनः प्रदर्शन हो। फिल्ममा तमन्ना भाटिया मुख्य भूमिकामा छन्।
शनिबार उपत्यकाको बिग मुभिजमा फिल्मको सो छ।
एक दिवानाकी दिवानीया
बलिउड फिल्म ‘एक दिवानेकी एक दिवानीया’ नेपालमा प्रदर्शन भइरहेको छ। रोमान्टिक जनरामा बनेको फिल्मका निर्देशक मिलाप जावेरी हुन्। फिल्ममा हर्षवर्धन राणे, सोनम बाजवालगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मलमा फिल्मको सो छ।




