काठमाडौँ- श्रीलंकाको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल संघ (काभा) यू-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ।
कोलोम्बोमा आज (बिहीबार) भएको लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–७ ले पराजित गर्यो भने दोस्रो सेट २५–१० तथा तेसो सेट २५–११ ले हरायो।
आजको जितपछि नेपालले तीन खेलबाट सात अंक जोडेको छ। यसअघि कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको नेपालले घरेलु टोली श्रीलंकालाई ३–१ को सेटमा हराएको थियो।
चार टिम सहभागी यस प्रतियोगितामा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ। त्यसपछि लिग चरणको अंक तालिकाको आधारमा सेमिफाइनल खेल हुनेछ।
प्रकाशित: २० कार्तिक २०८२ २१:२५
प्रतिक्रिया



