काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ।
जेनजी आन्दोलनका क्रममा जेलबाट बाहिरिएको घटनाबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयानका लागि उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराइएको हो।
आयोगका सदस्यहरूले लामिछानेसँग औपचारिक सोधपुछ गर्ने तयारी गरेका छन्।
यसअघि आयोगका प्रतिनिधिहरू कारागारमै पुगेर घटनाको प्रारम्भिक अध्ययन गरेका थिए। सो क्रममा उनीहरूले जेल प्रशासनसँग छलफल गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी पनि गरेका थिए।
जाँचबुझ आयोग प्रमुखमा उच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की छन्।
प्रकाशित: १९ कार्तिक २०८२ १३:१५
प्रतिक्रिया



