पार्टी विभाजनपछि राजनीतिक अलमलमा अम्मरबहादुर

हिमाल प्रेस १७ कार्तिक २०८२ १४:००
1.1k
SHARES
पार्टी विभाजनपछि राजनीतिक अलमलमा अम्मरबहादुर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको भागबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति बन्ने सौभाग्य पाएका नेता अम्मरबहादुर थापा यतिबेला राजनीतिक अलमलमा छन्। जेनजी विद्रोहपछि उत्तपन्न परिस्थितिका कारण वामपन्थी पार्टीमा भएको विग्रह र एकताको घानमा थापा पनि परेका छन्।

माधव नेपाल, झलनाथ खनाललगायतले नेकपा एमाले फुटाएर बनाएको एकीकृत समाजवादीमा थापा पनि जोडिए। दैलेख-१ बाट प्रत्यक्ष चुनाव जितेका थापा शिक्षा समिति सभापति हुँदा विशेषगरी विद्यालय शिक्षा विधेयकका कारण चर्चामा रहे। शिक्षकहरूप्रति ‘रूखो अभिव्यक्ति’ दिने थापा हाल पार्टी विभाजनपछि राजनीतिक अलमलमा परेका हुन्।

एकीकृत समाजवादीको माधव नेपाल समूह नेकपा माओवादी केन्द्रसँग मिल्ने निश्चित भइसकेको छ। झलनाथ-घनश्याम पक्षधर नेताहरू एमालेमा फर्किने या एकीकृत समाजवादीलाई नै पुनर्गठन गर्ने अन्योलमा छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पुरानै घर फर्किन आह्वान गरिसकेको अवस्थामा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ, रामकुमारी झाँक्री, झलनाथलगायत नेताहरू एमालेमै फर्किने चर्चा भइरहँदा अम्मरबहादुरले आफूले तत्काल केही निर्णय नगरेको बताउँछन्।

उनले सोमबार हिमालप्रेससँग भने, ‘कहाँ जाने के गर्ने अहिले केही निर्णय लिएको छैन। छलफल, सल्लाह गर्दै छु।’

प्रकाशित: १७ कार्तिक २०८२ १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast