गायिका रचना रिमालले गरिन् मतदाता नामावलीमा नाम दर्ता

हिमाल प्रेस १७ कार्तिक २०८२ ११:०२
10
SHARES
गायिका रचना रिमालले गरिन् मतदाता नामावलीमा नाम दर्ता

काठमाडौँ- गायिका रचना रिमालले जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा मतदाता नामावलीमा नाम दर्ता गराएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले मतदाता नामवलीमा नाम दर्ता गरेकाे बताएकी हुन्।

सरकारी सेवा यस्तो चुस्त/दुरुस्त पाएको भन्दै उनले कार्यालय पुगेर लाईन बसेको र १० मिनेटमै काम सकिएकाे उल्लेख गरेकी छन्। साथै उनले उमेर पुगेका सबैलाई समयमै नाम दर्ता गराई आफ्नो मताधिकार सुरक्षित गर्न अनुरोध पनि गरेकी छन्।

उनले लेखेकी छन्, ‘आज (कात्तिक १६) जिल्ला निर्वाचन कार्यालय काठमाडौँबाट मतदाता नामावलीमा नाम दर्ता गरेकी छु। सरकारी सेवा यस्तो चुस्त दुरुस्त पनि हुने रहेछ। कार्यालय पुगेर लाईन बसेको १० मिनेट आसपासमै काम सकियो। एकदमै सहज र व्यवस्थित रुपमा दर्ता कक्ष सञ्चालन भइरहेको पाए। हजुरहरु पनि उमेर पुगि नाम दर्ता छुटाउनु भएको छ भने समयमै दर्ता गराई आफ्नो मताधिकार सुरक्षित गर्नुहोला है।’

नेपाल सरकारले आगामी फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ। त्यसका लागि मतदाता दर्ता नगरेका नेपालीहरूलाई यही कात्तिक मसान्तसम्म आयोगको वेबसाइटमार्फत  वा नजिकैकाे जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने जनाइएको छ।

प्रकाशित: १७ कार्तिक २०८२ ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast