‘स्पेनको बुलफाइट बिर्साउने’ नुवाकोटको गोरु जुधाइ मेला

हिमाल प्रेस १ माघ २०७९ २१:४७
8
SHARES
‘स्पेनको बुलफाइट बिर्साउने’ नुवाकोटको गोरु जुधाइ मेला

मलेखु– माघे संक्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ। नुवाकोटको तारुकामा राजा जयपृथ्वीबहादुर सिंहको पालादेखि चलिआएको गोरु जुधाइ अहिले नुवाकोट, रसुवा धादिङ र गोरखामा हुँदै आएको छ। त्यसमा किसानले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका छन्।

विगतका वर्षहरू झैँ यो वर्ष पनि माघ १ गते धादिङ, नुवाकोट र रसुवाको ठाउँठाउँमा गोरु जुधाइ मेला मनाइएको छ। आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने उद्देश्यले धादिङ जिल्लाका मैदीकोट, धुवाकोट, सल्यानटार, खाल्टेलगायत ऐतिहासिकस्थलमा गोरु जुधाइएको छ।

सुरुका वर्षमा नेपाल पर्यटन बोर्डले चासोका साथ प्रचार थालेको गोरु जुधाइ मेलालाई अहिले स्थानीय सरकारले पनि पर्यटन प्रवर्द्धनको एउटा पाटोको रूपमा लिएको छ।
‘पर्यटन प्रवर्द्धनसँगै संस्कृतिको विकासको रूपमा पनि गोरु जुधाइलाई लिएर गाउँपालिकाले कार्यक्रमको व्यवस्थापन गरिरहेको छ,’ धादिङ ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्यालले भने।

माघे संक्रान्ति भन्ने वित्तिकै देशका विभिन्न ठाउँमा घ्यू, चाकु, तरुल खाएर मनाइने प्रचलन रहेको छ तर धादिङ, नुवाकोट, रसुवा, गोरखालगायत पहाडी जिल्लामा भने गोरु जुधाइको रौनक छुट्टै छ। बलवान् गोरुहरूबीच रोचक घम्साघम्सी हेर्न सहर बजारमा रहेका पनि गाउँ फर्किने गरेका छन्।

आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको नेपालको एक मात्र गोरु जुधाइ मेला विश्वमै चर्चित खेल प्रतियोगिता मानिएको स्पेनको ‘बुलफाइट’ पनि बिर्साउने भिन्नै आकर्षण बनेको स्थानीयवासीहरूको भनाइ छ।

‘एक दशक अघितिर कतै-कतै मात्रै गोरु जुधाइन्थ्यो, पछिल्लो वर्षमा यसको आकर्षण निकै बढेको छ’, हरेक वर्ष गोरु जुधाउनका लागि गोरु पाल्दै आएका मैदीका टेक तामाङ भन्छन्, ‘अहिले त जताततै गोरु जुधाउन थालियो, युवा पुस्ताको आकर्षण पनि निकै बढेको छ।’

जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्त्व पनि जोडिएको छ। माघे संक्रान्तिको उत्सवअन्तर्गत एउटा परम्परा हो गोरु जुधाउने। ऐतिहासिक प्रमाण नभेटिए पनि गोरु जुधाइ परम्परा सय वर्षभन्दा पुरानो मानिन्छ।

रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो पुरानो परम्परा जोगाउने र संरक्षण गर्ने क्रममा हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको मैदीकोट खड्गदेवी मन्दिर व्यवस्थापन समितिका सचिव नरेन्द्र शाहले बताए।

रसुवाको बेत्रावती नेपाल र तीब्बतबीचको भोट युद्धको सन्धि भएको स्थलमा मानवबीच पशु झैँ झगडा गर्न हुन्न भन्ने सन्देश दिनका लागि गोरु जुधाइन थालेको स्थानीय जानकार बताउँछन्। अर्कोतिर बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्न गोरु जुधाएको र त्यही बेलादेखि यो परम्परालाई निरन्तरता दिइएको किम्वदन्ती छ। -राससको सहयोगमा

प्रकाशित: १ माघ २०७९ २१:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =