कालिमाटीमा तरकारीको मूल्य : गोलभेँडा ७२, कुरिलो ५२५ [अरू कति?]

हिमाल प्रेस १५ कार्तिक २०८२ ९:०६
10
SHARES
कालिमाटीमा तरकारीको मूल्य : गोलभेँडा ७२, कुरिलो ५२५ [अरू कति?] फाइल तस्बिर।

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज गोलभेँडा, ब्रोकाउलीसहितका तरकारीको मूल्य थप बढ्दा प्याज, आलु, च्याउ लगायतका तरकारीको भाउ भने घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, नेपाली ठूलो गोलभेँडा ६९, सानो लोकल गोलभेँडा ७२, टनेलको सानो गोलभेँडा ७१, रातो आलु ८३, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर १२५, लोकल बन्दा ६९, लाम्चो भन्टा ६७, डल्ले भन्टा ७७, तने बोडी १४२ रुपैयाँ प्रतिकिलो छ।

करेला ८६, लौका ६३, लोकल परबल ७५, घिरौँला ६८, डल्ले फर्सी ६७, पाकेको फर्सी ५०, कन्य च्याउ १९२, डल्ले च्याउ ३०४, कुरिलो ५२५, ब्रोकाउली १९२ रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७०, सानो लोकल गोलभेँडा ७३, टनेलको सानो गोलभेँडा ७८, रातो आलु ८६, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर १२५, लोकल बन्दा ७०, लाम्चो भन्टा ६५, डल्ले भन्टा ७५, तने बोडी १४१ रुपैयाँ प्रतिकिलो थियो।

करेला ९७, लौका ७८, लोकल परबल ८०, घिरौँला ८२, डल्ले फर्सी ६७, पाकेको फर्सी ५०, कन्य च्याउ २२३, डल्ले च्याउ ३७०, कुरिलो ५२५, ब्रोकाउली १२२ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: १५ कार्तिक २०८२ ९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast