एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का निलम्बित

हिमाल प्रेस १४ कार्तिक २०८२ १६:३६ | Friday, October 31, 2025
12
SHARES
एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का निलम्बित असोज २७ गते आयोजित पत्रकार सम्मेलनमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का (बायाँबाट दोस्रा)। फाइल तस्बिर

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनमा परेका छन्। संघको कार्यसमितिको बिहीबार बसेको भर्चुअल बैठकले खड्कालाई निलम्बन गर्ने निर्णय गरिएको प्रवक्ता सुरेश साहले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

खड्काले संघको विधानविरुद्ध लेटरहेड, छाप, चलानी नम्बर दुरुपयोग गरी संघको महासचिव निलम्बनको दुष्प्रचार गरेको आरोप बैठकले लगाएको छ। यसैगरी विभिन्न समयमा पत्रकार सम्मेलन गरी संघ र संघको पधाधिकारीहरुलाई निराधार गालीगलोज, आधारहीन आरोप, दुष्प्रचार गर्ने कार्य गरेको, सी डिभिजन क्लबहरुलाई बिना प्रमाण खेल मिलेमतोको आरोप लगाउने कार्य गरेको तथा फिफा, एएफसीलगायतका निकायहरुमा इमेल तथा पत्राचार गरी पटकपटक संघको विधानविरुद्धको गतिविधि गरेकफ आरोप खड्कामाथि लागेको छ।

‘संघविरुद्ध गम्भीर अनुशासन उल्लंघन गरेको र संघको वरिष्ठ उपाध्यक्षको गरिमा र मर्यादा कायम नगरी संघ र नेपाली फुटबल खेलको विकासमा आघात पुर्‍याउने कार्य गरेकोले विधानको धारा ३८ को १४ बमोजिम खड्कालाई आगामी साधारण सभासम्मका लागि निलम्बन गरिएको छ’ प्रेस नोटमा उल्लेख छ।

प्रकाशित: १४ कार्तिक २०८२ १६:३६ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast