देशभरका नर्सहरू आन्दोलनमा

हिमाल प्रेस १४ कार्तिक २०८२ १५:२१ | Friday, October 31, 2025
8
SHARES
देशभरका नर्सहरू आन्दोलनमा

काठमाडौँ- न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका सबै अस्पतालका नर्सहरुले विरोध प्रदर्शन गरेका छन्।

सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरुलाई सरकारी अस्पतालका नर्सहरूले पनि एक्यवद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन्। नर्सिङ संघले अघि सारेको १५ बुँदे मागलाई पुरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरुले प्रदर्शन गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ।

त्यस्तै हालसम्म श्रमिकको रुपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थापन गर्नुपर्ने लगायतको माग रहेको सिभिल अस्पतालमा कार्यरत नर्स बिमला पौडेलले बताइन्।

अहिले बिहान १० देखि १२ बजेसम्ममात्रै विरोध प्रदर्शन गरिरहेका नर्सहरुले कार्तिक १८ गते सम्म पनि सुनुवाई नभए कडा आन्दोलन जान सक्ने बताएका छन्। श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने नर्सिङ संघले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८२ १५:२१ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast