सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

हिमाल प्रेस १३ कार्तिक २०८२ १५:३४
18
SHARES
सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा सुरु भएको छ। बैठक गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रित रहेको छ।

बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रित रहेर पनि छलफल हुँदैछ। हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मंसिरभित्र सकिँदैछ। यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ।

नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए। त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ।

यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ।

बैठकअघि महामन्त्री विश्वप्रकाश शर्माले विशेष वा नियमित महाधिवेशनबारे उपसभापति खड्कालाई चार प्रस्ताव पेस गरेका थिए।

कांग्रेस विशेष वा नियमित महाधिवेशनबारे उपसभापति खड्कालाई शर्माका चार प्रस्ताव

प्रकाशित: १३ कार्तिक २०८२ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast