टाइब्रेकरमा अञ्जनाको सानदार बचाउ, भारतमाथि नेपालको जित

हिमाल प्रेस १२ कार्तिक २०८२ १९:२९
34
SHARES
टाइब्रेकरमा अञ्जनाको सानदार बचाउ, भारतमाथि नेपालको जित

काठमाडौँ- मैत्रीपूर्ण ‘च्यारिटी म्याच’ मा नेपालले भारतलाई पराजित गरेको छ। भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा बुधबार खेलमा नेपालले भारतलाई टाइब्रेकरमा हराएको हो।

नेपाल र भारतले समान १–१ गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो। भारतकी सोम्या गुगुलोथ र नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेका थिए।

खेल टाइब्रेकरमा पुग्दा नेपालकी गोलकिपर अञ्जना रानामगरले एक गोल पनि छिर्न दिइनन्। यता नेपालले भने टाइब्रेकरमा ३ गोल गरेको थियो।

नेपालका लागि सविता रानामगर, रश्मीकुमारी घिसिङ र निशा थोकर गरे। अनिता बस्नेको प्रहार भने बाहिरियो।

भारतका लागि कुनै पनि खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्। प्रियदर्शनी र अस्तम ओरमको प्रहारलाई नेपाली गोलपिकर अञ्जना रानामगरले बचाउँदा सन्तोषको प्रहार बाहिरिएको थियो।

प्रकाशित: १२ कार्तिक २०८२ १९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast