हिउँ पन्छाउँदै सशस्त्र प्रहरी बल [तस्बिरहरू]

हिमाल प्रेस ११ कार्तिक २०८२ १५:३७ | Tuesday, October 28, 2025
हिउँ पन्छाउँदै सशस्त्र प्रहरी बल [तस्बिरहरू]

काठमाडौँ- सशस्त्र प्रहरी बल मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाका सडकमा भएको हिमपात पन्छाउन सक्रिय भएको छ। मुस्ताङको कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहज भएपछि हिउँ पन्छाउन बल परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनले थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउन अनुरोध गरिएको  बताए।

उनले मुस्ताङको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा सोमबार रातिदेखि परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङले पन्छाएको बताए।
मनाङ जिल्लाको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा परेको हिउँ समेत सशस्त्र प्रहरीले हटाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले यात्रुहरुलाई सावधानी अपनाउन र मौसम प्रतिकुलताबारे सचेत रहन अनुरोध गरेको छ।

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीको सहजीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ् म्याग्दीको टोली खटिएको थापाले बताए।

 

तस्बिरहरू : सशस्त्र प्रहरी बल

प्रकाशित: ११ कार्तिक २०८२ १५:३७ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast