सिद्धार्थ आर्ट ग्यालरीमा पौभा चित्रकला प्रदर्शनी

हिमाल प्रेस १० कार्तिक २०८२ १९:४२ | Monday, October 27, 2025
सिद्धार्थ आर्ट ग्यालरीमा पौभा चित्रकला प्रदर्शनी

काठमाडौँ- परम्परागत पौभा चित्रकलाको महत्त्व दर्साउँदै बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा पौभा चित्रकला प्रदर्शनी गरिएको छ।

‘मास्टर्स अफ डिभोसनः पौभा आर्ट फ्रम भक्तपुर’ शीर्षकमा गरिएको चित्रकला प्रदर्शनी यसअघि भक्तपुरमा प्रदर्शन गरिएको थियो। सोही कलालाई पुनः काठमाडौँमा दोहो-याएर प्रदर्शन गरिएको सिद्धार्थ आर्ट ग्यालरीका प्रमुख सङ्गीता थापाले जानकारी दिइन्।

काठमाडौँ आर्ट ग्यालरीले आयोजना गरेको उक्त प्रदर्शनीमा भक्तपुरका २२ कलाकारका चित्रकला प्रस्तुत गरिएका छन्। पाका र युवा पुस्ताको मिश्रित कला एकसाथ देख्न पाइने प्रदर्शनी आगामी मङ्सिर ६ गतेसम्म जारी रहने जनाइएको छ। ग्यालरी प्रमुख थापाले सातौँ शताब्दीको प्राचीन पौभा परम्परालाई भक्तपुरका कलाकारहरूले आध्यात्मिक चिन्तनका साथ प्रस्तुत गरेकामा प्रशंसा व्यक्त गरिन्।

उनले प्रत्येक चित्रले पवित्र भेटी र नेपालको स्थायी सांस्कृतिक आत्माको प्रतिविम्ब दुवै प्रतिनिधित्व गर्ने कुरामा जोड दिएको बताइन्। अजय कर्माचार्य, बलराम निष्टु, चन्द्रकृष्ण किजु, हरिप्रसाद वैद्य, किरण जोशीलगायत कलाकारले बनाएका चित्रकला प्रदर्शनीमा राखिएका छन्। रासस

प्रकाशित: १० कार्तिक २०८२ १९:४२ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast