७५ जिल्लामा फैलियो डेंगु, छ हजारभन्दा बढीमा पुष्टि

हिमाल प्रेस १० कार्तिक २०८२ १२:२७
4
SHARES
७५ जिल्लामा फैलियो डेंगु, छ हजारभन्दा बढीमा पुष्टि

काठमाडौँ- देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार छ हजार ६६८ जनामा डेंगु पुष्टि भएको छ। सोही समयमा पाँच डेंगु संक्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा।गोकर्ण दाहालले जानकारी दिए।

उनका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छैन। डेंगु संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा पुष्टि भएको छ। बागमतीमा एक हजार ६४९ जनामा डेंगु पुष्टि भएको छ।

गण्डकी प्रदेशमा एक हजार ६३१, लुम्बिनीमा एक हजार ११७, कोशीमा ८९६, सुदूरपश्चिममा ७६२, कर्णालीमा ४७४ र मधेशमा १३९ जनामा डेंगु पुष्टि भएको छ।

चिकित्सकका अनुसार डेंगु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ। सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेंगुका प्रमुख लक्षण हुन्।

त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ। डेंगु भएको बेलामा चिकित्सकको सुझावमा मात्र औषधी सेवन गर्न डा. पुनले आग्रह गरे।

ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श गर्न उनले अनुरोध गरे। डेंगु संक्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन चिकित्सकको आग्रह छ।

प्रकाशित: १० कार्तिक २०८२ १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast