भारतसँग एकवर्षपछि भिड्दैछ नेपाली महिला टोली

हिमाल प्रेस १० कार्तिक २०८२ ९:४१ | Monday, October 27, 2025
भारतसँग एकवर्षपछि भिड्दैछ नेपाली महिला टोली

काठमाडौँ- महिला त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले आज भारतसँग खेल्दैछ। खेल सिलोङको जवहारलाल नेहरु रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ।

एक वर्षमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतको सामना गर्न लागेको हो। पछिल्लो पटक यी दुई टोली काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा आमने–सामने भएका थिए।

यसपटक भने त्रिदेशीय प्रतियोगितामा भारतले नेपालको आतिथ्य गर्दा यो अवसर जुरेको हो। दुवैले आफ्नो पहिलो खेलमा इरानसँग पराजय बेहोरिसकेका छन्। दुई खेलमा स्पष्ट ६ अंक जोडेको इरान च्याम्पियन भइसक्यो।

अब नेपाल र भारतबीचको खेल प्रतियोगिताको सेट–अप अनुसार औपचारिकतामा मात्र सीमित हुनेछ। ​ भारतविरुद्ध नेपाललाई इतिहास सुधार्ने अवसर छ।पछिल्ला तीन भेटमा नेपाललाई हराउन नसकेको भारत पनि यो भिडन्तका लागि सजग छ। यसकारण एउटा तथ्य निश्चित बन्छ। त्यो के भने खेल निक्कै रोमाञ्चक हुनेछ।

अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल र भारतले एकअर्कासँग खेल्न थालेको १५ वर्षभन्दा धेरै भएको छ। यो १५ वर्षमा यी दुई टिमबीच १८ खेल भए। जसमा नेपालले मात्र तीन खेलमा जित हासिल गरेको छ। ११ खेल भारतको पक्षमा गएको छ भने चार खेल बराबरीमा टुंगिएका छन्।

प्रकाशित: १० कार्तिक २०८२ ९:४१ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast