पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

हिमाल प्रेस १ माघ २०७९ ११:३६
58
SHARES
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

काठमाडौँ– पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ।

काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेबेला विमानस्थल नजिकै सेती खाेचमा विमान दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

विमानमा ६८ यात्रु र चालक दलका चार जना सदस्य रहेको विवरण प्राप्त भएको छ। सेती खोचमा खसेको विमानमा आगो लागेको छ। प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा जुटेका छन्।

प्रकाशित: १ माघ २०७९ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =