बिपिन जोशीको टाउकोमा गोली लागेर मृत्यु भयो : फरेन्सिक रिपोर्ट

हिमाल प्रेस ४ कार्तिक २०८२ ८:५७ | Tuesday, October 21, 2025
बिपिन जोशीको टाउकोमा गोली लागेर मृत्यु भयो : फरेन्सिक रिपोर्ट विपिन जोशी

काठमाडौँ- बिपिन जोशीको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा बिपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका बिपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने बिपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हामासबिच युद्धबिराम भएपछि बिपिनको मृत्यु भएको पुष्टि भएको थियो।

यसैगरी, आज महाकाली नदी किनारमा बिपिनको अन्त्येष्टि गरिँदै छ। बिपिनको अन्त्येष्टि अघि भीमदत्त नगरपालिकाबाट शवयात्रा सुरु भएको छ। शवयात्रा केही बेर अघि सुरु भएको हो।

प्रकाशित: ४ कार्तिक २०८२ ८:५७ | Tuesday, October 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast