देशकाे मुख्य सहरमा देउसी भैलो यात्रा गर्दै ‘सोल्टिनी’ टिम

हिमाल प्रेस ३ कार्तिक २०८२ १३:२४ | Monday, October 20, 2025
देशकाे मुख्य सहरमा देउसी भैलो यात्रा गर्दै ‘सोल्टिनी’ टिम

काठमाडौँ- भाइटिकाको अवसरमा प्रदर्शन हुने फिल्म ‘सोल्टिनी’ ले देशभर देउसी भैलो कार्यक्रम गर्ने भएको छ। भाइटीकाकाे दिन फिल्म प्रदर्शन हुने भएकाले उनीहरूले प्रचारमा देउसी भैलाे कार्यक्रम अगाडी बढाएका हुन्।

मुख्य कलाकारले आइतबार साँझ झापाको दमकमा आयोजना गरिएको ‘देउसी भैलो कार्यक्रम’ मा सहभागी भई वातावरणलाई उल्लासमय बनाएका थिए। कार्यक्रममा प्रकाश सपुत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा लगायत सहभागी भए। कार्यक्रम याक्थुङ फिल्म मेकर्स एसोसिएसन कोसी प्रदेश कार्यसमितिले आयोजना गरेको हो।

यससँगै, सोही टिमले मोरङ जिल्लाको मिक्लाजुङमा जारी ‘मधुमाला रमाइलो मिनी मेला २०८२’ मा पनि सहभागिता जनाएको छ।

सोमबार (आज) सुनसरीको धरानमा देउसी भैलो आयोजना हुँदैछ। त्याहाँ कलाकारहरू पुगिसकेका छन्। कार्यक्रमपश्चात् टोली मंगलवार पोखरा र बुधबार काठमाडौँमा हुने देउसी भैलो कार्यक्रममा सहभागी हुनेछन्।

२ घण्टा २५ मिनेट ३३ सेकेन्डको फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र पाएको छ। यसर्थ फिलम सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ। केही हलले फिल्मको टिकट बुकिङ पनि खुलिसकेको छ।

अर्जुन सुवेदीले निर्देशनमा बनेको फिल्म यही कात्तिक ६ गते भाइटीकाको दिन प्रदर्शन हुनेछ। फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ। यही प्रेम कथामार्फत फिल्ममा सामाजिक विभेद, समुदायबीचको असमानता देखाउन खोजिएको छ।

फिल्ममा प्रकाश सपुत, परीक्षा लिम्बू, विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले लगायत कलाकारको अभिनय छ।

प्रकाशित: ३ कार्तिक २०८२ १३:२४ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast