मेची राजमार्गको राजदूवाली खण्ड तत्काल नबन्ने, विकल्पका लागि सिमलगोलाई सडकखण्डबाट थालियो काम

हिमाल प्रेस २९ असोज २०८२ ७:१३
4
SHARES
मेची राजमार्गको राजदूवाली खण्ड तत्काल नबन्ने, विकल्पका लागि सिमलगोलाई सडकखण्डबाट थालियो काम

काठमाडौँ- मेची राजमार्गको विकल्पका रूपमा रहेको तिल्केनी-सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको छ।

सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन निर्माण भएपछि बुधबारदेखि यातायात सञ्चालनमा आउने भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए ।

‘जोगमाई खोलामा हाइड्रोपावरको टेलरेस्ट र ह्युमपाइप बिच्छयाउने काम सकेर त्यहाँ बाटो निर्माण गर्ने काम भइरहेको छ’, उनले भने, ‘बुधबारदेखि सो सडकमा साना खालका सवारी साधन सञ्चालन गर्ने तयारीमा छौँ।’

उनका अनुसार जोगमाई खोलामा आठवटा ह्युमपाइप र हाइड्रोपावरको टेलरेस्ट तीन टुक्रा खोलामा बिच्छ्याएर पानी कटाइएको छ । डाइभर्सन निर्माणका लागि चारवटा एक्साभेटर परिचालन गरिएको थियो ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।

 

प्रकाशित: २९ असोज २०८२ ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast