दसैँको शुभकामनामा पनि उपराष्ट्रपतिको संविधान कार्यान्वयनमा जोड

हिमाल प्रेस १३ असोज २०८२ ७:४०
8
SHARES
दसैँको शुभकामनामा पनि उपराष्ट्रपतिको संविधान कार्यान्वयनमा जोड

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको पालना, संरक्षण र कार्यान्वयनका लागि थप प्रतिबद्धताका साथ सबै पक्षले संयम, संवाद र सहकार्यको मार्ग अँगाल्नुपर्ने बताएका छन् ।

विजया दशमीको अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानले सुनिश्चित गरेका अधिकारहरू, नागरिक स्वतन्त्रता र समावेशी प्रतिनिधित्वप्रति जनताको अपेक्षा थप प्रगाढ बनाउन विजया दशमीले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले भनेका छन्, `विजया दशमीले हामीलाई असत्य, अन्याय र समाजमा बढ्दो ध्रुवीकरण/विभाजनको विरुद्धमा एकजुट हुन प्रेरित गर्ने विश्वास लिएको छु । यो पर्वले हामी सबैमा आत्मशुद्धि, सामाजिक उत्तरदायित्व र राष्ट्रिय एकताको भावना जागृत गराओस् । सत्य, सदाचार, सद्भाव, भाइचारा र सहिष्णुताको मार्गमा अग्रसर रहन हामी सबैलाई प्रेरणा मिलोस् ।´

दसैँको अवसरमा गरिने पूजापाठ, सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य तथा गीत–सङ्गीतले हाम्रो सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै स्थानीय अर्थतन्त्रलाई सक्रिय बनाउन सघाउने उनको भनाइ छ ।

`नेपाल विविध सांस्कृतिक, धार्मिक, ऐतिहासिक, मौलिक र परम्परागत सम्पदा तथा रितिरिवाजहरुले समृद्ध मुलुक हो । यहाँ मनाइने चाडपर्वहरू राष्ट्रिय एकता, सामाजिक घनिष्टता, आध्यात्मिक चेतना र सांस्कृतिक निरन्तरताका संवाहक हुन् । हाम्रा पर्वहरूले परम्परागत मूल्य–मान्यता, जीवनशैली र सामाजिक सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्रिय पहिचान तथा एकतालाई अझ सशक्त बनाउन सहयोग पुग्दछ´, सन्देशमा भनिएको छ ।

यस पर्वले विगतका कटुताहरूलाई विस्मृत गर्दै एक–अर्कामा शुभेच्छा साटासाट गर्ने अवसर प्रदान गर्ने र सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने उनको भनाइ छ ।

प्रकाशित: १३ असोज २०८२ ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast