दसैँको उल्लास : घर फिर्तादेखि पूजापाठसम्म [तस्बिरहरू]

हिमाल प्रेस १२ असोज २०८२ १९:२३
6
SHARES
दसैँको उल्लास : घर फिर्तादेखि पूजापाठसम्म [तस्बिरहरू] तनहुँको व्यास नगरपालिका–५ पाटनका महिला आइतबार दमौली बजारमा खसी बिक्री गर्न ल्याउँदै।

काठमाडौँ- दसैँ नजिकिँदै गर्दा देशभर चहलपहल बढेको छ। आफ्नो गाउँघर फर्किने यात्रुका कारण बसपार्क र विमानस्थलमा भीड लागेको देखिन्छ। बजारमा किनमेल गर्ने उपभोक्ता बढेका छन्। लुगाफाटा, जुत्ताचप्पलदेखि लिएर मिष्ठान्न र उपहारसम्म खरिद गर्ने दौडधुप चलिरहेको छ।

गाउँघरमा पिङ हाल्ने तयारी सुरु भएको छ। पिङमा सानाठूला सबै रमाइलो गर्न आतुर छन्। शक्तिपीठ र मन्दिरहरूमा दर्शनार्थीको भीड बाक्लिँदै छ भने खसीबोका किनमेलले हाटबजार गुलजार बनेका छन्।

परिवारसँग भेटघाट, नयाँ कपडा, पूजापाठ र रमाइलो गर्ने उमंगले दसैँलाई साँच्चिकै साझा पर्व बनाइदिएको छ।

दसैँ मनाउन घर जान काठमाडौँको  गोंबुस्थित नयाँ बसपार्कमा टिकट लिन लामबद्ध यात्रु।
काठमाडौँको  मैतीदेवी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि लामबद्ध भक्तजन।
संखुवासभा सदरमुकाम खाँदबारीस्थित राष्ट्रिय वाणिज्य बैंकमा आइतबार सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धाको घुइँचो।

काठमाडौँ कंलकी खसी बजारमा आइतबार बिक्रीका लागि राखिएको खसी। जिउँदो खसी प्रतिकेजी रु ६७० देखि रु ७३० सम्म छ।

दसैँका अवसरमा बागलुङ नगरपालिका–१ रामरेखामा राखिएको लिंग पिङमा रमाउँदै बालबालिका।
अर्घाखाँचीको सुपा देउराली मन्दिरमा दर्शनार्थीको घुइँचो।
बाँकेको बागेश्वरी मन्दिरमा पूजा आराधना तथा दर्शन गर्न भेला भएका भक्तजन।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ नजिकको भारतको कुनोली बजारमा किनमेल गर्न पुगेका नेपाली।
काठमाडौँ दक्षिणकाली नगरपालिका- ६ मा अवस्थित शक्तिपीठ दक्षिणकाली मन्दिरमा आइतबार पूजा गर्न लाम लागेका भक्तजन।

तस्बिरहरू : रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast