क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कोष स्थापना, सरकारले माग्यो सहयोग

हिमाल प्रेस ८ असोज २०८२ १८:२१ | Wednesday, September 24, 2025
क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कोष स्थापना, सरकारले माग्यो सहयोग अर्थ मन्त्रालय। फाइल तस्बिर

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ।

अर्थ मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गते मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गर्दै पुनर्निर्माण, राहत, पुनर्स्थापना तथा आर्थिक पुनरुत्थानका कामलाई प्रभावकारी बनाउने निर्णय गरेको हो।

सरकारले कोषमा योगदान दिन प्रदेश तथा स्थानीय तह, निजी क्षेत्र, गैरआवासीय नेपाली, मित्रराष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई आह्वान गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र पुनर्निर्माणको महान् अभियानमा सहभागी भई योगदान दिन सबैमा हार्दिक आग्रह गर्दछौँ।’

आर्थिक सहायता गर्ने व्यक्तिले चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा योगदान रकम घटाउन पाउने व्यवस्थासमेत गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार योगदान रकम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखाको भौतिक पूर्वाधार पुनर्निर्माण कोष नामक खातामा जम्मा गर्न सकिनेछ। बैंक खाता नम्बर 1960100102070004 तथा SWIFT कोड RBBANPKA सार्वजनिक रहेको छ। साथै QR कोड तथा फोने पेमार्फत पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ। मन्त्रालयले उक्त कोषमा प्राप्त हुने रकम पुनर्निर्माण र राहत कार्यक्रमका लागि मात्रै खर्च हुने जनाएको छ।

 

प्रकाशित: ८ असोज २०८२ १८:२१ | Wednesday, September 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast